बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

धुलोले दाउन्नेको व्यापार चौपट

images
मंगलबार, फागुन १ २०८०
images
images
धुलोले दाउन्नेको व्यापार चौपट

बुटवल-नारायणगढ सडकखण्डबीचको जंगल क्षेत्रमा रहेको यो ठाउँमा धुलाम्य सडकका कारण व्यापार चौपट भएको छ। सडकमा खाल्डाखुल्डी र धुलोका कारण सडक किनारका होटलमा खाना खानसक्ने अवस्था छैन। धुलोले व्यापार व्यवसाय ह्वात्तै घटेको छ।

images
images

नवलपुर- विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्डबीचको जंगल क्षेत्रमा रहेको यो ठाउँमा धुलाम्य सडकका कारण व्यापार चौपट भएको छ। धुलोले व्यापार व्यवसाय ह्वात्तै घटेको छ।

images
images
images

प्रायः भरिभराउ नै रहने यहाँका होटल सडक विस्तारको काम सुरु भएसँगै अहिले सुनसान छन्। पूर्व-पश्चिम राजमार्गमा पर्ने नवलपुरको पश्चिम सिमाना दाउन्नेका व्यवसायीमा निराश छन्। बुटवल-नारायणगढ सडकखण्ड विस्तारको काम समयमै नसकिँदा राजमार्ग आसपासका धेरै व्यवसायीले ठूलो नोक्सानी बेहोर्नु परेको छ। विसं २०४६ देखि होटल सञ्चालन गर्दै आएका बेलबहादुर राई मगरले धुलोकै कारण सवारीसाधन दाउन्नेमा रोकिन कम भएपछि व्यवसायमा असर परेको बताए।

images

'यहाँ गाडी कमै रोकिन्छन्, धुलोका कारण यहाँ खाना खान कोही चाहँदैनन्', उनले भने। विस्तारका क्रममा सडक खन्नथालेपछि उडेको धूलोका कारण यहाँ व्यापारमा घाटा हुन थालेको छ।

images
images
images

स्थानीय होटल व्यवसायी रचुन श्रेष्ठले सडक विस्तारको काम सुरु हुनु अगाडि दाउन्नेका होटल यात्रुले भरिभराउ हुने गरेका बताए। रातभर यात्रुलाई खाना खुवाउन जाग्राम रहेको विगत उनले सुनाए। श्रेष्ठका अनुसार दाउन्नेका होटल व्यवसायी हाल फुर्सदिला भएका छन्।  

'कुनै बेला यात्रुलाई खाना खुवाउन बस्ने ठाउँ नै हुँदैनथ्यो', उनले भने, 'अहिले भने कतिबेला ग्राहक आउँछन् र खाना खुवाउन पाइएला भनेर कुरेर बस्नुपर्ने अवस्था छ।' सडक विस्तारको क्रममा उड्ने धुँवा र धुलोका कारण दाउन्ने क्षेत्रका होटलमा पहिलेको तुलनामा ३० प्रतिशतमात्रै व्यापार हुने गरेको श्रेष्ठको भनाइ छ। 

सडक विस्तार गर्न भनेर गैँडाकोटदेखि बुटवलसम्म नै सडक भत्काइएको छ। सडकमा पहिला गरिएको कालोपत्र फाल्नका लागि सडक जोतेपछि सडकमा खाल्डाखुल्डी र धुलोका कारण सडक किनारका होटलमा खाना खानसक्ने अवस्था छैन।

विगत ३० वर्षदेखि होटल सञ्चालन गर्दै आएकी व्यवसायी शान्ता श्रेष्ठले देख्न नसकिने गरी धुलो उड्ने गरेको र त्यो सबै धुलो होटलभित्र पस्ने गरेको बताइन्।

विनयी त्रिवेणी गाउँपालिका-२ मा पर्ने दाउन्नेमा अहिले टहरासहित करिब दुईसय ५० होटल तथा पसल छन्। सडक विस्तार सुरु हुनु अगाडिसम्म दाउन्नेमा व्यापार फष्टाएको थियो। बुटवल-नारायणगढ सडक विस्तारसँगै धुलोले यहाँको व्यापारमा कमी आएको हो। रासस


प्रकाशित : मंगलबार, फागुन १ २०८०१७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend