शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

'आवास र निर्माण नेपाल २०२४' आगामी बैशाख २७ देखि ३० सम्म

images
मंगलबार, फागुन १ २०८०
images
images
'आवास र निर्माण नेपाल २०२४' आगामी बैशाख २७ देखि ३० सम्म

यो प्रदर्शनीमा करिब एकसय ७५ प्रदर्शकहरु र २५ हजार बीटुबी र बीटुसी आगन्तुकहरू आकर्षित गर्ने अपेक्षा गरिएको छ।

images
images

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा आगामी बैशाख २७ गतेदेखि ३० गतेसम्म 'आवास र निर्माण नेपाल २०२४' आयोजना हुने भएको छ। विगत ३३ वर्षदेखि प्रदर्शनीको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हाउस अफ राजकर्णिकारले आयोजना गर्न लागेको हो।

images
images
images

आवास, निर्माण र पूर्वाधार क्षेत्र हालै सुस्त भएको देखिए पनि यो नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो अंग भएको भन्दै कम्पनीले उद्योगका बिक्रेताहरूका लागि 'आवास र निर्माण नेपाल २०२४' बजारमा विश्वास देखाउने र क्रेताहरूमा विश्वास जगाउने ठूलो अवसर रहेको जनाएको छ।

images

आवास र निर्माण नेपाल २०२४ ले क्रेता-बिक्रेता जलपान समारोह, आवासीय निर्माण क्लिनिक र उद्योग अन्तरक्रिया मञ्चमा 'पूर्वाधार टेन्डर बोलपत्रको कला र विज्ञान', 'राष्ट्रिय भवन संहिता अनुपालन' र 'ग्रीन बिल्डिंग प्रमाणीकरण' जस्ता चर्चित विषयहरूमा प्रस्तुत गर्ने बताइएको छ।

images
images
images

यस्तै आवास र निर्माण नेपालले साना व्यवसाय र व्यक्तिगत बिक्रेताहरूलाई लक्षित गर्दै मात्र १२ हजार को न्यून शुल्कमा रियल इस्टेट मार्ट स्टल पनि उपलब्ध गराउने छ। यो प्रदर्शनीमा करिब एकसय ७५ प्रदर्शकहरु र २५ हजार बीटुबी र बीटुसी आगन्तुकहरू आकर्षित गर्ने अपेक्षा गरिएको छ।

अधिकतम संख्यामा व्यवसायी र पेसाकर्मीहरूलाई प्रदर्शनी अवलोकन गराउने सुनिश्चित गर्न आगन्तुक प्रवर्द्धन अभियानमा कुनै कसर बाँकी नराखिने आयोजकले जनाएको छ। 


प्रकाशित : मंगलबार, फागुन १ २०८०१६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend