आइतबार, भदौ २३ गते २०८१    
images
images

उच्च लाभांश घोषणा गरेको प्राइम बैंकमा किन झुम्मिए लगानीकर्ता? 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २२ २०७८
images
images
उच्च लाभांश घोषणा गरेको प्राइम बैंकमा किन झुम्मिए लगानीकर्ता? 
images
images

काठमाडौं- केही दिनदेखि लगातार प्राइम कमर्सियल बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन्। १६.६३ प्रतिशत लाभांश घोषणा गरेको बैंकको बुक क्लोजअघि मंगलबार अन्तिम कारोबार भएको छ।

images
images
images

बैंकले बुधबार सेयरधनी पुस्तक बन्द गर्दै छ। सोही कारण पनि लगानीकर्ताहरूले नाफा बुक गर्नका लागि प्राइम कमर्सियल बैंकको सेयरमा झुम्मिएका छन्। 

मंगलबार पनि २ लाख ७५ हजार ६ सय ४५ कित्ता करोबार भएको थियो। भने १२ करोड ३६ लाख रुपैयाँ बराबर मूल्यको सेयर कारोबार भएको हो। मंगलबार ३७ अंकले बजार घटे पनि प्राइम कमर्सियल बैंकको सेयर मूल्य भने बढेर ४४३ रुपैयाँमा कारोबार भएको थियो। 

बैंकले पुस ६ गते सोमबार बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा १४ औँ वार्षिक साधारण सभा बोलाएको छ।

images

नाफामा समेत उल्लेख्य प्रगति गरेको बैंक व्यापार विस्तारमा आक्रामक रहेको छ। पछिल्लो ५२ हप्तामा अधिकतम ५४० रुपैयाँ कारोबार भएको थियो। भने न्यूनतम ३७४ रुपैयाँमा कारोबार भएको थियो।  

share 1.PNG

बैंकले पहिलो तीन महिनामा ९७ करोड रुपैयाँ नाफा गरेको छ। बैंकको प्रतिसेयर आम्दानी २४.३४ रुपैयाँ रहेको छ।  

बैंकले गत वर्ष १५ प्रतिशत लाभांश दिएको थियो। बैंकले अहिलेसम्म सवैभन्दा धेरै २०७३/७४ मा २७ प्रतिशत लाभांश दिएको थियो।  

दश वर्षकाे लाभांश इतिहास 

devidend.PNG

 


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०१:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend