शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारमा छलफल

लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह

images
मंगलबार, फागुन १ २०८०
images
images
नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारमा छलफल

छलफलमा चिनियाँ राजदूत सोङले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरु पहिचान गरी ती क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित गर्नुपर्ने बताए। त्यसका लागि चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको छ।

images
images
images

परिसंघ सचिवालयमा आज मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे।

images

सरकारले आगामी बैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन भूमिका खेल्न आग्रह गर्दै उनले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानूनहरुमा सुधार गर्न लागेको बताए। परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानूनमा गरिनुपर्ने सुधारसम्बन्धी अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाइसकेको छ। 

images
images
images

अध्यक्ष अग्रवालले पोखरा एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरे। साथै उनले चीन र भारतको बीचमा अवस्थित नेपालको उत्पादनमुलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन आग्रह गरे। सीएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) मिलेर स्थापना गरेको नेपाल-चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) बीच व्यावसायिक छलफल अगाडि बढिरहेको जानकारी गराउँदै उनले काउन्सिलमार्फत नेपालमा चिनियाँ लगानी भित्र्याउन सहयोग हुने विश्वास व्यक्त गरे।

छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको समृद्धिका लागि उच्च प्राथमिकतामा राखेको बताए। उनले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरु पहिचान गरी ती क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित गर्नुपर्ने बताए। त्यसका लागि चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोही अनुरुप पूर्वाधार तथा सेवाको स्तरोन्नति गर्नुपर्ने भन्दै उनले उर्जा, जडिबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमुलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताए। दुई देशबीच व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालको उद्योगीहरुको छाता संस्था सीएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

छलफलमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षद्वय निर्वाण चौधरी, हेमराज ढकाल, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ आइटी काउन्सिल सभापति अजित विक्रम शाह, कृषि समिति सभापति विकास दुगड, महानिर्देशक दीपक राज जोशीलगायत सहभागी थिए।


प्रकाशित : मंगलबार, फागुन १ २०८०१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend