शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

वनले अध्ययन सहमति नदिँदा लाइसेन्स खारेज हुने अवस्थामा ४६१ मेगावाटका ९ आयोजना

images
मंगलबार, फागुन १ २०८०
images
images
वनले अध्ययन सहमति नदिँदा लाइसेन्स खारेज हुने अवस्थामा ४६१ मेगावाटका ९ आयोजना

ऊर्जा मन्त्रालयले अनुमतिपत्र जारी गरेपछि ५ वर्षदेखि बर्सेनि करोडौँ रुपैयाँ रोयल्टी तिरिसकेको तर वनबाट अध्ययन सहमति नपाएकाले लाइसेन्स खारेज हुने अवस्था आएको।

images
images

काठमाडौं- राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिँदा ४ सय ६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ।

images
images

ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत आयोजनालाई वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकुञ्ज तथा संरक्षण क्षेत्रले आयोजना अध्ययनका लागि सहमति नदिँदा करोडौँ रुपैयाँ रोयल्टी तिरिसकेका आयोजनाहरू लाइसेन्स खारेज हुने अवस्थामा पुगेका हुन्।

images
images

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित आयोजनाका प्रवर्द्धकहरूको टोलीले सोमबार वन तथा वातावरण सचिव डा. दीपक खराललाई भेटेर यी आयोजनाको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ।

images
images

निकुञ्ज तथा संरक्षण क्षेत्रका कर्मचारीलाई कुनै कुरा चित्त नबुझेको भरमा प्रवर्द्धकलाई थुन्ने धम्की दिनु न्यायसंगत नभएको प्रवर्द्धक सिताराम तिमल्सिनाले बताए। 'म ७५ वर्षको बुढोलाई राती घरमै आएर उठाउँछु भन्ने धम्की दिन्छन्, उनीहरूले बोलाएको बैठकमा तीन पुस्ता नै आउनुस भन्छन्' तिमल्सिनाले वन सचिवसँग भने, 'हामीले त हाइड्रो बनाएको हो। देशलाई समृद्ध बनाउने अभियानमा लागेको हो। कुनै तस्करीको काम गरेको त होइन नी।'

urvet.jpg
 वन तथा वातावरण सचिव डा. दीपक खरालसँग इप्पानको नेतृत्वमा पीडित आयोजना प्रवर्द्धकहरूको टोली। 

लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत आयोजनाका प्रवर्द्धक तथा इप्पानका सदस्य भरत पराजुलीले रुख तस्कर र जलविद्युत प्रवर्द्धकलाई हेर्ने दृष्टिकोण एउटै हुनु निकै दु:खदायक भएको बताए।

'हामीलाई अपमानित गरेको महसुस भइरहेको छ। देशलाई समृद्ध बनाउने अभियानमा लागेका मान्छेलाई थुन्छु कि थुन्छु भन्ने शब्द प्रयोग गरिरहनु भएको छ' पराजुलीले भने,  'कमजोरी भएको भए करेक्सन गरौँ। हामीले हाइड्रोपावर बनाएको हो, कुनै अपराध गरेको होइन।' 

बरुण खोला जलविद्युत आयोजनाका प्रवर्द्धक तथा इप्पान सदस्य विजयमोहन भट्टराईले आयोजनाको क्षमता बढाउँछु भन्दा निकुञ्जले अनुमति नदिएको बताए। उनले वनमा पर्ने थप कुनै रुख नकाटी, कुनै संरचना नथपी २० मेगावाटको क्षमता बढाएर ३० मेगावाट बनाउन अनुमति माग्दा निकुञ्जले नदिएको बताए।

मध्य घुन्सा खोला जलविद्युत आयोजनाका प्रवर्द्धक पूर्णलाल श्रेष्ठले वनले अध्ययन सहमति नदिएमा तीन महिनापछि आयोजनाको अनुमतिपत्रको अवधि सकिएर खारेज हुने भएकाले आयोजनालाई बचाउन पनि तुरुन्तै अध्ययन सहमति दिनुपर्ने बताए।

निकुञ्ज र वनले अध्ययन सहमति नदिएकै कारण आयोजनाको अनुमतिपत्रको अवधि सकिन लागेकाले यस्ता आयोजनाको अनुमति पत्रको अवधि दुईवर्ष थप गर्नका लागि ऊर्जा मन्त्रालयलाई सिफारिस गरिदिन इप्पान अध्यक्ष गणेश कार्कीले सचिव खरालसँग आग्रह गरे।

ऊर्जा मन्त्रालयले अनुमतिपत्र जारी गरेपछि ५ वर्षदेखि बर्सेनि करोडौँ रुपैयाँ रोयल्टी तिरिसकेको तर वनबाट अध्ययन सहमति नपाएकाले लाइसेन्स खारेज हुने अवस्था आएकाले यी आयोजनाको लाइसेन्स जोगाउन सचिव स्तरीय निर्णयबाट अध्ययन सहमति दिन कार्कीले आग्रह गरे।

संरक्षित क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने कार्यविधि २०८० मा पानी छोड्नुपर्ने व्यवस्थालाई उल्ट्याएर क्युसेकबाट क्युमेक बनाउँदा धेरै आयोजना प्रभावित हुने हुँदा उक्त बुँदा हटाएर साविककै क्युसेक उल्लेख गर्न पनि कार्कीले आग्रह गरे।

वन तथा वातावरण सचिव  खरालले क्युसेकलाई क्युमेक बनाएको कुरा र २ वर्ष म्याद थप गर्ने कुरा सम्बोधन गर्न मिल्ने भए आफ्नोतर्फबाट सहजिकरण गर्ने प्रतिवद्धता जनाए।

काम गर्नकै लागि आयोजनालाई अनुमतिपत्र दिएको भन्दै सचिव खरालले, अध्ययन र निर्माणको क्रममा केही कमजोरी भएको भए त्यसलाई बसेर सुल्झाउनुपर्ने तर, आयोजनाको काम रोकिन नहुने कुरामा आफू प्रतिवद्ध रहेको बताए।

यी हुन् निकुञ्ज तथा संरक्षण क्षेत्रमा परेका आयोजनाहरू

१) मिडिल घुन्सा जलविद्युत आयोजना, ३० मे.वा. 

२) अप्पर पेल्मा खोला जलविद्युत आयाजना, २४.८ मे.वा. 

३) गुम्चे खोला जलविद्युत आयोजना, ७.५ मे.वा. 

४) घुन्सा खोला जलविद्युत आयोजना, १५५ मे.वा. 

५) लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत आयोजना, ९.७ मे.वा.

६) यान्मा खोला जलविद्युत आयोजना, ६५.८ मे.वा.

७) सिम्बुवा खोला जलविद्युत आयोजना, ४० मे.वा.

८) लाङटाङ खोला जलविद्युत आयोजना २० (३०) मेगावाट

९) अपर बरुण खोला जलविद्युत आयोजना १०९ मेगावाट


प्रकाशित : मंगलबार, फागुन १ २०८०१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend