शनिबार, असोज ५ गते २०८१    
images
images

'मेक इन नेपाल-स्वदेशी' को एप र वेबसाइट सार्वजनिक 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २१ २०७८
images
images
'मेक इन नेपाल-स्वदेशी' को एप र वेबसाइट सार्वजनिक 

यसमा हालसम्म ४० उद्योग सहभागी भएको र यस्ता उद्योगको उत्पादन केही समयमै बजारमा देखिने अग्रवालले जानकारी दिए। 

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघले मेकइन नेपाल - स्वदेशी अभियानको छुट्टै एप्लिकेशन र वेबसाइट सार्वजनिक गरेको छ। 

images
images
images

नेपालमा औद्योगिककरण विस्तार तथा रोजगारी सिर्जना गर्नेगरी अघि बढाइएको यो अभियानमा धेरै भन्दा धेरै उद्योगीलाई जोड्नका लागि अनलाइन सुविधा दिनेगरी एप र वेबसाइट ल्याइएको संघका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए। 

एप तथा वेबसाइटबाट अभियानमा जोडिन, जोडिन आवश्यक शर्तकाहरुका बारेमा जानकारी दिइने छ। उपभोक्ताहरुले पनि यसमा गएर कुन उद्योग जोडिएका छन् र त्यस्ता उद्योगको उत्पादन के कस्तो हो भनेर थाहा पाउनसक्ने छन्। 

अर्थतन्त्रलाई बलियो बनाउनका लागि औद्योगिकरण अत्यावश्यक भएको कुरा सबैले स्वीकार गरेको र त्यही अनुसार अभियान अघि बढेको उनको भनाइ छ। 

images

'उत्पादनमुलक अर्थतन्त्रले देशलाई अघि लिनसक्छ। रोजगारी बढाउनसक्छ। यो कुरा सबैले बुझेका छन्। बजेटमा पनि उत्पादनमुलक अर्थतन्त्रलाई प्राथमिकता राखिएको छ' उनले भने। 

परिसंघले गत वर्षको फागुनमा यो अभियान सार्वजनिक गरेको छ। अभियान अन्तर्गत वार्षिक थप १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र वार्षिक १ हजार उद्योग दर्ता गराउने लक्ष्य रहेको छ। 

यसमा हालसम्म ४० उद्योग सहभागी भएको र यस्ता उद्योगको उत्पादन केही समयमै बजारमा देखिने अग्रवालले जानकारी दिए। 

 

 


प्रकाशित : मंगलबार, मंसिर २१ २०७८११:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend