शनिबार, साउन १२ गते २०८१    
images
images
images

फराकिलो भयो नेपालीको उपभोग बास्केट, मूल्य बढेर आम्दानी नबढ्दा भएन गरिबीमा सुधार

२०.२७ प्रतिशत नेपाली गरिबीमा

images
सोमबार, माघ २९ २०८०
images
images
फराकिलो भयो नेपालीको उपभोग बास्केट, मूल्य बढेर आम्दानी नबढ्दा भएन गरिबीमा सुधार

दैनिक १.९९ डलरभन्दा न्यून आम्दानी गर्नेहरूलाई गरिबको वर्गमा राख्ने गरिएको छ। यसरी दैनिक आम्दानी गर्न नसक्नेहरू गरिब वर्गमा पर्छन्।

images

काठमाडौं- नेपालमा गरिबी झन बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयको घरपरिवार सर्वेक्षणअनुसार विगतको तुलनामा पछिल्लो समय गरिब घरपरिवारको संख्यामा सुधार देखिएको छैन।  

images
images

खर्चको बास्टेकमा थपिएको वस्तुको मूल्य बढाएको तर सोहीअनुसार आम्दानीमा सुधार नहुँदा साँघुरो जीवन बाँच्ने नेपालीको संख्यामा उल्लेख्य सुधार भएको छैन। 

images

बास्केटमा भएको परिवर्तनले गर्दा गुजाराका लागि चाहिने दैनिक आम्दानी बढेको छ। पहिले ५३ रुपैयाँ भएकोमा अहिले २ सय रुपैयाँमाथि पुगेको छ। 

यसरी ‍दैनिक गुजारा गर्नका लागि आवश्यक रकम बढेको तर सोहीअनुसार आम्दानी नबढ्दा गरिब घरपरिवारको संख्या १० वर्षमा २५ बाट २० प्रतिशतमा सीमित भएको छ।  सरकारले गरिबीको प्रतिशत १७ प्रतिशतमा झरेको भन्दै आएको थियो। अहिले भने २०.२७ प्रतिशत गरिबीमा छन्। 

images

दैनिक १.९९ डलरभन्दा न्यून आम्दानी गर्नेहरूलाई गरिबको वर्गमा राख्ने गरिएको छ। यसरी दैनिक आम्दानी गर्न नसक्नेहरू गरिब वर्गमा पर्छन्।  

खर्चको आधारमा आवश्यकता पूरा हुने र नहुने आधारमा गरिबीको तथ्यांक यो सर्वेक्षण निकालिएको हो। 

प्रतिव्यक्ति/दिन २२ सय ३६ क्यालोरी आवश्यक पर्ने निर्धारण गरिएको छ। यो पूरा गर्ने खाद्य गरिबीमा हुँदैनन् भने नगर्नेहरू खाद्य गरिबीमा बाचेका हुन्छन्। 

गरिबीको रेखा यसअघि पनि तयार गरिएको थियो। योपालि नयाँ रेखा तयार पारिएको छ। उपभोग बास्केटमा भएको परिवर्तनले रेखा परिमार्जन गरिएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले जानकारी दिए। 

खाद्य डालोमा ७७ वटा छन्। खाद्यान्नमा खर्चमा ६२ बाट ५३ प्रतिशतमा झरेको छ। खाद्यान्नको प्रवृत्तिमा परिवर्तन भएको छ।


प्रकाशित : सोमबार, माघ २९ २०८०१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend