शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ऋण प्रवाह बढाएर अर्थतन्त्र चलायमान बनाउनेगरी माैद्रिक नीतिकाे अर्धवार्षिक समीक्षाको तयारी, सञ्चालक समितिको बैठक बस्दै

सोमबार, माघ २९ २०८०
ऋण प्रवाह बढाएर अर्थतन्त्र चलायमान बनाउनेगरी माैद्रिक नीतिकाे अर्धवार्षिक समीक्षाको तयारी, सञ्चालक समितिको बैठक बस्दै

प्रणालीमा अधिक लगानीयोग्य रकम र ब्याजदर एकल अंकनजिक हुँदा पनि कर्जा प्रवाह नबढेकोप्रति राष्ट्र बैंक सशंकित हुन थालेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सोमबार साँझसम्म ल्याउने तयारी गरेको छ। त्यसका लागि आज राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ।

पछिल्लो समय ऋण विस्तारमा ब्रेक लागेर बैंकहरूमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले सहज हुनेगरी समीक्षाको तयारी गरेको छ। 

पछिल्लो समय बैंकहरूको घट्दो प्राथमिक पुँजीकोष अनुपात र न्यून कर्जा प्रवाहलाई समाधान गर्नेगरी समीक्षा ल्याउने तयारी गरिएको छ। प्रणालीमा ६ खर्ब हराहारीमा अधिक लगानीयोग्य रकम भएपनि बैंकहरूको प्राथमिक पुँजीकोष ८.५ प्रतिशतभन्दा कम भएकाले राष्ट्र बैंकको चिन्ता बढाएको छ।

प्रणालीमा अधिक लगानीयोग्य रकम र ब्याजदर एकल अंकनजिक हुँदा पनि कर्जा प्रवाह नबढेकोप्रति राष्ट्र बैंक सशंकित हुन थालेको छ।

विदेशी मुद्रा सञ्चितिको समस्या सुल्झाउन भर्खरै सफल भएको राष्ट्र बैंक पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको संरचनात्मक समस्याबाट पिरोलिन थालेपछि सहज हुने गरी समीक्षा ल्याउन लागिएको बुझिाएको छ। घरजग्गा र सेयर बजारमा जाने ऋणमा समेत अझै सहजता दिने तयारी गरिएको छ। 

ब्याजदर घटाएर मात्रै पछिल्लो समय समाधान नहुने निष्कर्षमा राष्ट्र बैंक पुगेको छ। मंसिर र पुसमा मुद्रास्फीति दर क्रमश: ४.९५ प्रतिशत र ५.२६ प्रतिशत कायम रहेकाले नीतिगत दर घटाएर ब्याजदर घटाउने स्पेस भएपनि दोस्रो त्रैमासको समीक्षामा राष्ट्र बैंकले यसलाई प्राथमिकतामा राखेको छैन।

ब्याजदर विस्तारै घटेर एकल अंकनजिक रहेकोले नीतिगतदर घटाउनेभन्दा पनि कर्जा प्रवाह बढाएर अर्थतन्त्रलाई सहजीकरण गर्ने मौद्रिक उपायको खोजीमा राष्ट्र बैंक केन्द्रित हुन थालेको छ। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत रहेको छ। बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ८०.३५ प्रतिशत कायम भएको छ।

बैंकिङ प्रणालीबाट कुल ६१ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ५० खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। कर्जा निक्षेप (सीडी) अनुपातका आधारमा हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूसँग यतिबेला ५ खर्ब ५७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ।

अर्धवार्षिक समीक्षाको तयारीमा राष्ट्र बैंक, ब्याजदर घटाउनेभन्दा पुँजीकोष र कर्जा बढाउने उपाय खोजिँदै अर्धवार्षिक समीक्षाको तयारीमा राष्ट्र बैंक, ब्याजदर घटाउनेभन्दा पुँजीकोष र कर्जा बढाउने उपाय खोजिँदै


प्रकाशित : सोमबार, माघ २९ २०८०११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend