काठमाडौं- भैरहवा भन्सार कार्यालयले २ सय ८४ वटा मोटरसाइकल तथा स्कुटर लिलामी बिक्री गर्ने भएको छ।
कार्यालयले १ सय ४ वटा मोटरसाइकल तथा स्कुटर जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा र १ सय ८० वटा पत्रुमा लिलामी बिक्री गर्न लागेको हो।
चोरीपैठारीका क्रममा जफत भएर प्रयोजन बिहिन बनेका त्यस्ता मोटरसाइकल तथा स्कुटर बिक्रीका लागि सोमबार भैरहवा भन्सार कार्यालयले २१ दिने सार्वजनिक सूचना जारी गरेको हो।
लिलामीमा बिक्री गर्न लागिएका मोटरसाइकल तथा सकुटर विभिन्न ब्रान्डका छन्। हिरो, होन्डा, टीभीएस, यामाहादेखि केटीएम ब्रान्डका मोटरसाइकल लिलामी हुन लागेको हो।
लिलामी गर्न लागिएका मोटरसाइकल तथा स्कुटरको न्यूनतम मूल्य १४ हजार ४ सय रुपैयाँदेखि १ लाख २६ हजार रुपैयाँसम्म रहेको छ।