शनिबार, वैशाख २२ गते २०८१    
images
images

निरन्तररुपमा निक्षेपको ब्याज घटाउँदै वाणिज्य बैंक, कर्जाको ब्याजदर पनि एकल अंकतर्फ

images
images
images
निरन्तररुपमा निक्षेपको ब्याज घटाउँदै वाणिज्य बैंक, कर्जाको ब्याजदर पनि एकल अंकतर्फ

माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.१५ प्रतिशत कायम गरेको यस बैंकले फागुनका लागि ७.५१ प्रतिशत कायम गरेको छ।

images
images

काठमाडौं- वाणिज्य बैंकहरुले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। १६ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने ४ वाणिज्य बैंकले माघकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

images
images
images

माघमा वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको औषत ब्याजदर ८.११ प्रतिशत रहेकोमा फागुनमा घटेर ७.७० प्रतिशतको हारहारीमा आउने देखिएको छ। माघमा यस बैंकले ७.२६ प्रतिशत ब्याज दिएको थियो।

images

लक्ष्मी सनराइज, हिमालयन, एभरेष्ट र माछापुच्छ्रे बैंकले माघ महिनाकै ब्याजदरलाई फागुनमा निरन्तरता दिएका छन्।नेपाल बैंकले १ वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर  ८ प्रतिशबाट घटाएर ७. २५ प्रतिशत कायम गरे्को छ।  

images

राष्ट्रिय वाणिज्य बैंकले ८.०७ प्रतिशतबाट घटाएर ७.३५ प्रतिशत कायम गरेको छ। यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.३५ प्रतिशत ब्याज दिने भएको छ। यस बैंकले माघमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ ८.०७ प्रतिशत ब्याज दिएको थियो। यस बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ५.२५ प्रतिशत तोकेको छ। 

images
images

प्राइम कर्सियल बैंकले फागुनमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ७.४ प्रतिशत कायम गरेको छ। गत महिना यस बैंकले यस्तो निक्षेपमा ८.१ प्रतिशत ब्याज दिएको थियो। सानिमा बैंकले पनि फागुनका लागि ब्याजदर घटाएको छ। 

माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.१५ प्रतिशत कायम गरेको यस बैंकले फागुनका लागि ७.५१ प्रतिशत कायम गरेको छ। 

यस्तै प्रभु बैंकले पनि फागुनका लागि ब्याजदर घटाएको छ। फागुनमा यस बैंकले अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ७.५० प्रतिशत कायम गरेको छ। माघमा यस बैंकले ८.०६५ प्रतिशत कायम गरेको थियो। 

एनएमबि बैंकले पनि ब्याजदर घटाएको छ। यस बैंकले फागुनमा व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.५ प्रतिशत ब्याजदर दिने भएको छ। माघमा यस  बैंकले ९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो। 

यस्तै ग्लोवल आइएमई बैंकले ७.६ प्रतिशत, नविल बैंकले ७.७५ प्रतिशत, नेपाल एसविआई बैंकले ८.१ प्रतिशत, कुमारी बैंकले ८.०१ प्रतिशत, एनआईसी एसिया बैंकले ८ प्रतिशत, हिमालयन बैंकले ८.१५ प्रतिशत, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ८ प्रतिशत अधिकत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गरेका छन्। 

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेसँगै संस्थागत मुद्दती निक्षेपको पनि ब्याजदर घटेको छ। राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा २ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ। व्यक्तिगत मुद्दती निक्षेप घटेसँगै रेमिट मुद्दतीको ब्याजदर पनि घटेको छ। 

गत कात्तिक महिनायता बैंकहरुले निरन्तररुपमा ब्याजदर घटाइरहेका छन्। पहिलो र दोस्रो त्रैमासमा बैंकको वासलातमा गम्भिर असर परेपछि बैंक वित्तीय संस्थाहरु निक्षेपको ब्याजदर घटाएर कर्जाको ब्याजदर घटाएर कर्जा प्रवाह बढाउने वाध्यात्मक अवस्थामा पुगेका छन्।

कतिपय बैंक वित्तीय संस्थाहरु पुँजीकोषमा दबाब रहेकाले कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन्। मर्जर तथा एक्विजिसन कर लगाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि बैंक वित्तीय संस्थाहरु पुँजीकोषको दबाबमा छन। 

विगत ५ महिनायता बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेकाले बैंकहरुको आधार दर एकल अंकमा झरेको छ। पुस मसान्तसम्ममा बैंकहरुको आधार दर ९.४४ प्रतिशत कायम भएको छ। प्रत्येक महिना निक्षेपको ब्याजदर घटेसँगै कर्जाको पनि ब्याजदर घट्दै गएको छ। 

यसरी निरन्तररुपमा निक्षेप लागत घटेसँगै  बैंकहरुको कर्जाको ब्याजदर एकल अंकतर्फ आउन थालेको छ।ब्याजदर घटेपनि पुँजीकोषमा परेको दबाबले कर्जा प्रवाह ठप्प छ। प्रणालीमा यतिवेला करिब ६ खर्ब लगानीयोग्य रकम रहेको छ।

अर्थतन्त्रमा आएको शिथिलता र निर्माण क्षेत्र ठप्प हुँदा कर्जा प्रवाह सुस्त भएको ठम्याई बैंकर्सको रहेको छ।राष्ट्र बैंकले पनि पहिलो मौद्रिक समीक्षा मार्फत ब्याजदर घटाउने नीति अवलम्बन गरेको छ।

केन्द्रीय बैंकले नीतिगतदर १ प्रतिशत विन्दुले घटाएर ५.५ प्रतिशत कायम गरेको थियो। त्यसपछि कतिपय बैंक वित्तीय संस्थाहरुले मंसिरमै २ पटक ब्याजदर घटाएका थिए।

images

प्रकाशित : सोमबार, माघ २९ २०८००८:५७

प्रतिक्रिया दिनुहोस