शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

दाङमा टेलिकमको पाँचवटा ‘बीटीएस टावर’ जडान

images
आइतबार, माघ २८ २०८०
images
images
दाङमा टेलिकमको पाँचवटा ‘बीटीएस टावर’ जडान

यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुने गरेको थियो। तर अहिले टावर निर्माण भएपछि सहज भएको छ।

images
images

तुलसीपुर- दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बीटीएस टावर’ सञ्चालनमा आएका छन्।  घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दंगीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन्। 

images
images
images

यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुने गरेको थियो। तर अहिले टावर निर्माण भएपछि सहज भएको छ।

images

साथै केही स्थानमा तत्कालै टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम  तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताए। 'विद्युत्का कारणले रोकिएका छन्', उनले भने, 'विद्युत्को मिटर जडान हुनेबित्तिकै अन्य ठाउँमा पनि टावर सञ्चालनमा आउनेछन्।'

images
images
images

उनका अनुसार प्रदेश राजधानी भालुवाङ, राजपुरको बेलामा केही समयमा टावर सञ्चालनमा ल्याउने तयारी रहेको छ। त्यस्तै गढवा गाउँपालिका-२, गढवा-६ खबरे, दंगीशरणको फुक्रेसल्ली, बबई कुमालगाउँ, बबईको मलै, कोइलाबासको भौवानाका, गुरुङगाउँमा टावर निर्माणका लागि जग्गा सम्झौतासमेत भइसकेको उनले जानकारी दिए। अबको केही समयमा टावर निर्माणको काम अघि बढ्ने प्रमुख शर्माको भनाइ छ। 

दाङमा हालसम्म एक सय तीनवटा बीटीएस टावर सञ्चालनमा छन्। टुजी, थ्रीजी र फोरजीका टावर सञ्चालनमा रहेका छन्। तीमध्ये फोरजीका आठ सय र एक हजार आठ सय मेघाहर्जमा सञ्चालनमा रहेको प्रमुख शर्माले बताए। 

साथै जिल्लामा कुन ठाउँमा कस्तो गुणस्तरको सेवा सञ्चालन भइरहेको छ भन्ने कुराको मापन पनि भइरहेको छ। दाङमा इन्टरनेटका लागि टेलिकमको एफटीसीएच सेवा ७१ र फाइबर टु द होम सेवा (एफटीटीएच) पाँच हजार पाँच सय रहेका छन्। साथै तत्कालै ६० एफटिसीएच थप गर्ने तयारी रहेको समेत प्रमुख शर्माले बताए। रसस


प्रकाशित : आइतबार, माघ २८ २०८०१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend