काठमाडौं- समस्याग्रस्त सहकारी ओरेण्टल को-अपरेटिभ लिमिटेड निलम्बित अध्यक्ष सुधिर बस्नेतले बचतकर्तालाई जग्गा दिएर हिसाब मिलान गर्ने कार्ययोजना पेस गरेका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा बस्नेतले पेस गरेको कार्योजनाअनुसार ठूला बचतकर्ताहरुलाई जग्गा दिइ बचत रकम हिसाब मिलाउने उल्लेख गरिएको छ।
बचतकर्ताहरुमध्ये केही बचतकर्ताहरुले आफ्नो दावी रकम बराबर बचतबाट विभिन्न व्यक्तिको नाममा लिएको बस्नेतले दाबी गरेका छन्।
यी जग्गा अहिले समितिले रोक्का राखेको छ।
यसरी रोक्का गरिएका जग्गा दिएर बचतको हिसाब मिलान गर्ने उनको योजनाअनुसार समितिले इच्छुक बचतकर्तालाई दाबी पेस गर्न आह्वान गरेको छ। १५ दिनभित्र दाबी पेश गर्न समितिले आग्रह गरेको छ।