शनिबार, साउन १२ गते २०८१    
images
images
images

एमजीको भारतीय साझेदार जेएसडब्लूले भारतमा ब्याट्री र विद्युतीय कार बनाउने, ४ खर्ब भारु लगानी गर्ने

images
शनिबार, माघ २७ २०८०
images
images
एमजीको भारतीय साझेदार जेएसडब्लूले भारतमा ब्याट्री र विद्युतीय कार बनाउने, ४ खर्ब भारु लगानी गर्ने

केही महिनाअघि एमजी मोटर इन्डियाको ३५ प्रतिशत सेयर जेएसडब्लू समूहले खरिद गरेको थियो।

images

काठमाडौं- भारतको प्रतिस्पर्धी अटोमोबाइल बजारमा अर्को नयाँ प्रतिस्पर्धी थपिएको छ। भारतीय व्यवसायिक घराना जेएसडब्लू समूहले ठूलो लगानीमा विद्युतीय सवारी तथा ब्याट्री उत्पादन गर्ने भएको हो। 

images
images

जेएसडब्लू समूहले ईभी प्लान्ट भारतको ओडिसा राज्यमा प्लान्ट स्थापना गर्ने भएको छ। जेएसडब्लू समूह र ओडिसा राज्य सरकारबीच हालै विद्युतीय सवारी र ब्याट्री उत्पादनका लागि एमओयूमा हस्ताक्षर भएको हो। 

images

जेएसडब्लूको ब्याट्री उत्पादन क्षमता ५० गिगावट आवर हुनेछ। जेएसडब्लूले उत्पादन प्लान्ट स्थापना गर्ने बारेमा ओडिसाका मुख्यमन्त्री नवीन पटनायकको उपस्थितिमा त्यहाँका उद्योग मन्त्री प्रतावकेशरी देव र जेएसडब्लू ग्रुपका अध्यक्ष सज्जन जिन्दलले हस्ताक्षर गरेका हुन्। 

केही महिनाअघि एमजी मोटर इन्डियाको ३५ प्रतिशत सेयर जेएसडब्लू समूहले खरिद गरेको थियो। बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज)को स्वामित्व एसएआईसी मोटरसँग रहेको छ। एमजी मोटर इन्डियाको स्वामित्व एसएआईसीसँग छ। गएको नोभेम्बरमा एसएआईसी र एमजी मोटर इन्डियाबीच सेयर खरिदबिक्री सम्झौता भएको थियो। 

images

जेएसडब्लू समूहले ओडिसामा बनाउने ब्याट्री तथा कार उत्पादन प्लान्टमा ४ खर्ब भारतीय रुपैयाँ लगानी गर्ने बताएको छ। यो लगानीपछि ओडिसामा ११ हजारभन्दा बढीको संख्यामा रोजगारी सृजना गर्ने छ। 

ओडिसाका नागरिकको लागि उच्च दक्षतासहितको रोजगारी सृजना हुने र जेएसडब्लू ग्रुपसँगको सम्झौताले नयाँ आयाम ल्याउने ओडिसाका मुख्यमन्त्री पटनायकले बताए। त्यस्तै यो सम्झौताले नयाँ पुस्तारको आर्थिक विकासमा योगदान पुग्ने विश्वास उनको छ। 

ओडिसा सरकारसँग जेएसडब्लू समूहको सम्झौताले नयाँ आधार तय गरेको र यो लामो समयसम्म रहने समूहका अध्यक्ष जिन्दलको भनाइ छ। ओडिसाको आर्थिक विकासको आधारमा थप योगदान गर्न नयाँ लगानी महत्वपूर्ण अवसर हुने जिन्दलले बताएका छन्। 

एमजीले भारतमा प्लान्ट स्थापना गरेरै कार उत्पादन गरिरहेको छ। भारतमा कोमेट ईभी २०२३ को सुरुदेखि उत्पादन गर्दै आएको छ। भारतमा उत्पादित कोमेट ईभी नेपाली बजारमा समेत उपलब्ध रहेको छ। 

जेएसडब्लूसँगको संयुक्त उपक्रमपछि एमजीले हरित सवारी अर्थात विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। एमजीले भारतमा विद्युतीय कार उत्पादन क्षमतासमेत विस्तार गर्ने भएको छ। 

एमजीले भारतमा पाँच वर्षे रणनीतिक योजना ‘एमजी ३.०’ ल्याएको छ। भारतमा विद्युतीय सवारी उत्पादन बढेसँगै एमजीका ईभी भारतबाटै नेपाल आउने छन्। हाल नेपाल आइरहेका एमजीका ईभीमध्ये कोमेट भारत र जेडएस ईभी चीनबाट आयात भइरहेको छ। 


प्रकाशित : शनिबार, माघ २७ २०८०१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend