काठमाडौं- सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने घटेको हो। मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ।
सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी १२ सय रुपैयाँ तोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ।