मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गरिने (यस्ता छन् मन्त्रिपरिषद्‍का निर्णय)

images
बिहीबार , माघ २५ २०८०
images
एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गरिने (यस्ता छन् मन्त्रिपरिषद्‍का निर्णय)

केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने। हुलाक सेवा अन्तर्गतका १६३६ दरबन्दी खारेज गर्ने

images
images

काठमाडौं- एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गरिने विषयमा मन्त्रिपरिषद्‍बाट निर्णय गरिएको छ।

images
images
images

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले  एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको हो।

images
images

यस्तै केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने साथै हुलाक सेवाअन्तर्गतका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय पनि सरकारले गरेको छ। 

images
images

२०८० माघ २५ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू 

- विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।

- गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८० स्वीकृत गर्ने।

- रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० बमाजेमिको अध्यक्ष पदमा महोत्तरी जिल्ला, साबिक नगरासिश्र्वा १० निवासी डा. परशुराम मिश्रलाई नियुक्त गर्ने।

- एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने। केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने। हुलाक सेवा अन्तर्गतका १६३६ दरबन्दी खारेज गर्ने।

 


प्रकाशित : बिहीबार , माघ २५ २०८०१९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend