मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

टीकापुरमा सार्वजनिक जग्गा व्यक्तिका नाममा : नगर विकास समितिका तत्कालीन अध्यक्षसहित २४९ जनाविरुद्ध मुद्दा

images
बिहीबार , माघ २५ २०८०
images
टीकापुरमा सार्वजनिक जग्गा व्यक्तिका नाममा : नगर विकास समितिका तत्कालीन अध्यक्षसहित २४९ जनाविरुद्ध मुद्दा

नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीहरू समेतको संलग्नतामा नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले जनाएको छ।

images
images

काठमाडौं- सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याएको आरोपमा २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

images
images
images

कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसमेत २ सय ४९ जनाविरुद्ध मुद्दा दायर भएको अख्यितारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन्।

images
images

टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाएर समितिका अध्यक्ष, पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा लगिएको अख्तियारले जनाएको छ।

images
images

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ-संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा सो नगरी भ्रष्टाचार गरिएको अख्तियारले उल्लेख गरेको छ। 

नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीहरू समेतको संलग्नतामा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले जनाएको छ। 

यस्तो छ पूर्ण विवरण -


प्रकाशित : बिहीबार , माघ २५ २०८०१८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend