काठमाडौं-हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलवमेन्ट (एचआइडीसीएल) कम्पनीले सधारणसभा र बुक क्लाजको मिति तय गरेको छ।
सत प्रतिशत हकप्रदकाे दिएकाे कम्पनीले लाभांश वितरणका लागि बुक क्लोजको समेत मिति तय गरेको हो।
आगामी पुस २२ गते साधारण सभाको मिति तय गरेको कम्पनीले पुस ९ गते सेयरधनी दर्ता किताव बन्द गर्ने भएको हो। कम्पनीले साधारण सभाका ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै छ।
साथै गत वर्षकै साधारणसभाले हकप्रद दिने प्रस्ताव पारित गरेर अनुमतीका लागि धितोपत्र बोर्डमा पुगेको थियो। कम्पनीले अनुमती पाउने वित्तिकै हकप्रद जारी गर्ने छ।