काठमाडौं-सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर आईपीओ जारी गर्ने भएका छन्। कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।
कम्पनीले आगामी साधारणसभा बाट उक्त प्रस्ताव पारित गर्न लागेको छ। कम्पनीले पुस १४ गते होटेल आकामा धुम्बाराहीमा भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो।
जारी पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको छ।
सभामा आईपिओ निष्काशन गर्ने र त्यसको लागि आवश्यक पर्ने कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका विभिन्न ८ वटा प्रस्ताव पेश हुने छन्
।