काठमाडौं- सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले सोमबार सपथ लिएका छन्। सञ्चालक समितिको ३६२औं बैठकबाट नवनियुक्त अध्यक्ष पाण्डेलाई सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराएका हुन्
सपथपछि अध्यक्ष प्रतापजंग पाण्डले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेको बताए।
कानून तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरूको पालना गर्दै संस्थागत सु-शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतिबदता समेत व्यक्त गरे।