बिहीबार , वैशाख १३ गते २०८१    
images
images

सडक निर्माणको नयाँ प्रविधिबारे नेपाली इन्जिनियरलाई तालिम दिँदै एमसीसी

images
images
images
सडक निर्माणको नयाँ प्रविधिबारे नेपाली इन्जिनियरलाई तालिम दिँदै एमसीसी

यसरी भएको कालोपत्रे बलियो हुने विभागको भनाइ छ। एमसीसीले यस्तो कालोपत्रेको आयु २० वर्ष हुने दाबी गरिएको छ।

images
images

काठमाडौं- सडक निर्माणमा प्रयोग हुने नयाँ प्रविधिबारे एमसीए नेपाल र सडक विभागले संयुक्त रुपमा इन्जिनियरहरुलाई प्रशिक्षण दिन सुरु गरेका छन्। एमसीए नेपाल र सडक विभागको संयुक्त आायोजनामा इन्जिनियरहरुलाई दिइने दुई साता लामो प्रशिक्षण सोमबारदेखि सुरु भएको हो। 

images
images
images

नेपालले सन् २०१७ मा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सहयोग स्वीकार गर्ने निर्णय गरेको थियो। त्यसपनि सरकारले एमसीसी संसदबाट पारित गरेरमात्र कार्यान्यन गर्ने निर्णय गर्‍यो। अनावश्यक विवादमा तानिएको एमसीसी हालसम्म संसदमा भने पेस हुन सकेको छैन। 

images

केही महिनाअघि एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसी अनुमोदनका विषयमा नेपाली नेताहरुसँग छलफल गर्न आएकी थिइन्। उनले सरकार प्रमुखदेखि प्रमु्ख प्रतिपक्ष दलका नेतासम्म भेटेर फर्किएकी थिइन्। 

images

त्यस लगत्तै अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आएका थिए। उनले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। 

images
images

दक्षिण तथा मध्य एसियाली मामिला सम्बद्ध सहायकमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै नेपाल आएका थिए। सन् २०१७ को सेप्टेम्बर १४ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। 

३०० किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नती गर्ने आयोजना ४ वर्षदेखि कार्यान्वयन भएको छैन। लु आउनुअघि नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले समेत जनाएको थियो। 

सहायक विदेश मन्त्री लुले डिसेम्बर भित्र एमसीसी पास गराउन नेपाललाई घुमााउरो दबाब दिएका थिए। एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड डलर अनुदान दिँदैछ।

एमसीसी पास गराउने संकेत मिलेसँगै एमसीए नेपाल र सडक विभागले सडक मर्मत सम्बिन्धि नयाँ प्रविधिबारे इन्जिनियरहरुलाई प्रशिक्षण दिन थालेको हो। 

एमसीसी अन्तर्गत सडक मर्मतका लागि नेपालमा नयाँ प्रविधि भित्रिने छ। उक्त परियोजनाले पूर्वपश्चिम राजमार्गको एउटा खण्डमा पाइलट प्रोजेक्टका रूपमा काम गर्न उक्त प्रविध नेपाल आउने छ।

सडक विभागका अनुसार एमसीसीले दाङको भालुबाङ-लमही खण्डमा राजमार्ग मर्मत गर्ने छ। यसका लागि सहमति भइसकेको छ। नयाँ प्रविधि अन्तर्गत सडकमा उप्किएको पिच, खाल्डाखुल्डी तथा तलमाथि भएको सडक सतहको मेसिनले पहिचना गर्ने छ। त्यसरी पहिचान भएपछि भएको पिचकै पनि प्रयोग हुनेगरी नयाँ कालोपत्रे गरिने छ। 

त्यसरी कालोपत्रे गर्दा नयाँ प्रविधिको मेसिनबाट हुने छ। जुन गाडी गुड्दै कालोपत्रे हुँदै जाने छ। यसरी भएको कालोपत्रे बलियो हुने विभागको भनाइ छ। एमसीसीले यस्तो कालोपत्रेको आयु २० वर्ष हुने दाबी गरिएको छ। 

अहिले नेपालले सडक निर्माण र मर्मत उस्तै विधिमा हुने गरेको छ। यो प्रविधि आएसँगै सडक मर्मत गुणस्तरीय हुने अपेक्षा गरिएको छ। 

images

प्रकाशित : सोमबार, मंसिर २० २०७८१२:०८

प्रतिक्रिया दिनुहोस