शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा

images
बुधबार, माघ २४ २०८०
images
images
स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालनमा

यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक महत्वका स्थानमा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माण अगाडि बढाइएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए।

images
images

वालिङ- स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन्। गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो.

images
images
images

जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाख रूपैयाँसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए। यहाँका धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक महत्वका स्थानमा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माण अगाडि बढाइएको उनले बताए।

images

'प्रदेशबाट छनोट भएका योजनाको सम्झौता गर्ने, लागत योजना तयार गर्नेलगायत काम भइरहेको छ', प्रमुख ढकालले भने, 'केही योजना सम्पन्न भइसकेका छन् भने अधिकांश योजना अहिले धमाधम निर्माण काम भइरहेका छन्।'

images
images
images

पर्यटकीय सम्भावना बोकेका स्थलमा पर्यटकको आवागमनलाई सहज बनाउने उद्देश्यसहित पदमार्ग र भौतिक संरचना निर्माण भइरहेको उनले जानकारी दिए।

स्याङ्जामा चालु आवमा योजना कार्यान्वयनका लागि दुई करोड ७५ लाख बजेट विनियोजन भएको थियो। २० लाख र १५ लाखको एक/एक, १० लाख लागतका पाँच र पाँच लाख रूपैयाँ लागतका ३८ वटा योजना कार्यान्वयनमा रहेका छन्।

सबैभन्दा धेरै योजना १० वटा योजना पुतलीबजार नगरपालिकामा कार्यान्वयनमा रहेका कार्यालयका योजना शाखा प्रमुख कृष्ण लम्सालले बताए। उनका अनुसार वालिङ नगरपालिकामा नौ, भिरकोटमा छ, बिरुवा गाउँपालिकामा पाँच, फेदीखोलामा चार, चापाकोट र गल्याङ नगरपालिका तथा आँधीखोला हरिनास र अर्जुनचौपारी गाउँपालिकामा समान दुई/दुईवटा योजना छन्। कालीगण्डकी गाउँपालिकामा एउटामात्रै योजना कार्यान्वयनमा रहेको उनले जानकारी दिए। रासस 


प्रकाशित : बुधबार, माघ २४ २०८०१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend