शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

अजाया डाइमन्ड र अल अली ग्रुपबीच एमओयू, हिरा व्यापार र पर्यटन क्षेत्रमा काम गर्ने

images
मंगलबार, माघ २३ २०८०
images
images
अजाया डाइमन्ड र अल अली ग्रुपबीच एमओयू, हिरा व्यापार र पर्यटन क्षेत्रमा काम गर्ने

त्यसैगरी राम्रो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनले बताए।

images
images

काठमाडौं- अजाया डाइमन्ड नेपाल र दुबईको अल अली ग्रुपबीच नेपालमा हिरा व्यवसाय विस्तार गर्ने सम्झौता भएको छ। अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यावसायिक समूहबीच मंगलबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।

images
images
images

अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अली र अजाया नेपालका राकेशकुमार अडुकियाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। यो समझदारीले विज्ञता र लगानीलाई एकैठाउँमा ल्याएकाले अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ।

images

त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्यका रुपमा विकास भएको दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्ने विश्वास दुवै पक्षको छ। विश्व बजारमा नेपाली हस्तकलाको प्रवर्द्धनमा पनि यो समझदारी कोसेढुंगा बन्नसक्ने अपेक्षा अडुकियाले गरे।

images
images
images

समझदारीबारे अजायाका राकेश अडुकियाले डाइमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड भएको विश्वास व्यक्त गरे। ‘यसलाई नेपालमा मात्रै नभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य छ,’ उनले भने, ‘अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकै ठाउँमा ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौँ।’

त्यसैगरी राम्रो सम्भावना रहको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनले बताए। निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने अडुकियाको भनाइ छ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्तरूप दिन यो समझदारी महत्वपूर्ण कदमका रुमाप स्थापित हुने बताए।

‘नेपालको पर्यटन क्षेत्रमा हामीले ठूलो सम्भावना देखेका छौँ। अल अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा पनि लगानी गर्न चाहन्छ,’ उनले भने, ‘आजको समझदारी र अजायासँगको हातेमालोले हामीलाई निकै उत्साहित बनाएको छ।’ 


प्रकाशित : मंगलबार, माघ २३ २०८०१८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend