बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

प्रक्रिया सुरु भएको एक वर्षपछि पायो नेपाल एयरलाइन्सले खतराजन्य वस्तु बोक्ने अनुमति

images
सोमबार, मंसिर २० २०७८
images
images
प्रक्रिया सुरु भएको एक वर्षपछि पायो नेपाल एयरलाइन्सले खतराजन्य वस्तु बोक्ने अनुमति

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १८ मा भएको सबै प्रक्रिया पुरा गरेपछि अनुमति पाएको हो। सबै प्रक्रिया पुरा गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई प्रमाण पत्र दिएको हो।

images
images

काठमाडौं- प्रक्रिया सुरु भएको एक वर्षपछि नेपाल वायुसेवा निगमको जहाजले खतराजन्य वस्तु बोक्ने अनुमति पाएको छ। निगमले २०२० को डिसेम्बरदेखि खतराजन्य वस्तु बोक्नका लागि आवश्यक प्रक्रिया पुरा गर्न भन्दै कमिटि नै गठन गरेको थियो।

images
images

तत्कालिन महाप्रबन्धक डिमप्रकाश पौडेलले कमिटी गठन गरेको थिए। अन्तत: निगमका जहाजले खतराजन्य वस्तु बोक्ने अनुमति पाएको हो।

images
images

खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १८ मा भएको सबै प्रक्रिया पुरा गरेपछि अनुमति पाएको हो। सबै प्रक्रिया पुरा गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई प्रमाण पत्र दिएको हो। 

images
images

निगमका जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधीजन्य र विद्युतीय सामानलगायतका सामानहरुको ओसारपसारमा सहजत हुने आकलन गरिएको छ। साथै यसबाट निगमको आम्दानी तथा सरकारको राजस्व समेत बढ्ने भएको छ।


प्रकाशित : सोमबार, मंसिर २० २०७८११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend