शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन

images
मंगलबार, माघ २३ २०८०
images
images
परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन

कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्रीले भने, 'को कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ।'

images
images

कपिलवस्तु- अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्। कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालयको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, 'को कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ।'

images
images
images

अर्थमन्त्री डा महतले कर्मचारीले गरेको कामले दिखे परिणामका आधारमा मूल्यांकन हुने बताए। उनले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्यांकन गरिए राजस्वको लक्ष्य नजिक पुग्न कठिन नहुने बताए। 

images

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गरे। आन्तरिक राजस्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, 'कुन वस्तु कानूनीरुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्टियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ।'

images
images
images

उनले अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको भन्दै त्यसबाट कति कारोबार भयो? कति आय भयो भन्ने पत्ता लगाउन सकिने बताए। 'होटल, रेस्टुराँजस्ता सेवा व्यवसायको सङ्ख्या बढिरहेको छ। नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ। उनीहरुलाई कर प्रणालीमा जोड्नुपर्छ', उनले भने।

मन्त्री डा महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए। 'अनावश्यकरुपमा कसैलाई दुःख दिनुहुँदैन र आँखा चिम्लिनु पनि हुँदैन। जे गर्नुपर्ने हो त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ', उनले भने। रासस


प्रकाशित : मंगलबार, माघ २३ २०८०१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend