काठमाडौं- महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।
संस्थाले सेयरधनीलाई २६ प्रतिशत सेयर लाभांश दिने भएको छ।
संस्थाले ५ करोड ८२ लाख २५ हजार ४ सय ४० रुपैयाँ बराबरको सेयर लाभांश दिने भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को असारसम्म चुक्ता पुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ पुगेको छ।