आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

किसानलाई पशुपालनमा आकर्षित गर्न इच्छाकामनामा गाईभैँसीको बीमा र सुत्केरी स्याहार भत्ता

images
आइतबार, माघ २१ २०८०
images
किसानलाई पशुपालनमा आकर्षित गर्न इच्छाकामनामा गाईभैँसीको बीमा र सुत्केरी स्याहार भत्ता
फाइल तस्बिर

कृत्रिम गर्भाधानबाट सुत्केरी भएका गाई भैँसीका लागि गाउँपालिकाले एक हजार पाँचसय रूपैयाँ उपलब्ध गराउनेछ।

images
images

भरतपुर- चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बीमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ। किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो। 

images
images
images

आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र ५० प्रतिशत लागत साझेदारीमा बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखा प्रमुख डा सुनिल ज्ञवालीले जानकारी दिए।

images
images

उनका अनुसार कृत्रिम गर्भाधानबाट सुत्केरी भएका गाई भैँसीका लागि गाउँपालिकाले एक हजार पाँचसय रूपैयाँ उपलब्ध गराउनेछ। पशुमा कृत्रिम गर्भाधान बढाउन पालिकाले पहिलोपटक पशु सुत्केरी भत्ता कार्यक्रम ल्याएको उनले बताए।

images
images

पालिकाले कृत्रिम गर्भाधान कार्यक्रम सातवटै वडामा लागु गरेको छ। छ महिनाको अवधिमा तीन सय ५० पशुलाई कृत्रिम गर्भाधान गराइएको तर यो सङ्ख्या न्यून रहेकाले बढाउनका लागि कार्यक्रम सञ्चालन गरिएको प्रमुख ज्ञवालीले बताए।
नश्ल सुधारमार्फत दूधको उत्पादन बढाउनका लागि पालिकाले किसानलाई प्रोत्साहन गरिरहने उनको भनाइ थियो।

सुत्केरी स्याहार भत्ताका लागि सम्बन्धित पशुधनीको नागरिकताको प्रतिलिपि, कृत्रिम गर्भाधान गरेको रेकर्ड देखिने कृत्रिम गर्भाधान कार्ड, सुत्केरी माउ तथा बाच्छाको स्पष्ट देखिने तस्बिर, पशुधनीको बैंक खाता नम्बरसहितको निवेदन किसानले गाउँपालिकामा पेस गर्नुपर्नेछ। 

विसं २०८० बैशाखदेखि फागुन ८ गतेसम्म सुत्केरी भएका पशुमा मात्र यो नियम लागु हुने पालिकाले जनाएको छ। यस्तै गाई, भैँसीको बीमा गर्दा जम्मा बीमांकको ८० प्रतिशत संघीय सरकार, १० प्रतिशत गाउँपालिका र १० प्रतिशत कृषक स्वयंले व्यहोर्न पर्नेछ। बीमा गर्दा व्यक्तिगत गोठालो दुर्घटना बीमा पनि गरिने प्रमुख ज्ञवालीले बताए। लम्पिस्कीन तथा खोरेत रोगविरुद्ध खोप लगाइसकेका गाई, भैँसी र व्यावसायिक फार्महरुलाई पहिलो प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले वडा नं ३, ४, ५ र ७ मा गाई भैँसी पालेर दूध बिक्री गर्ने किसान धेरै रहेको बताए। ती वडाका किसानले गाई भैँसी पालेर दूध बिक्री गर्ने गरेका छन्। गाउँपालिकाले किसानका गाई भैँसीका गोठ सुधार कार्यक्रम पनि सञ्चालन गरिरहेको अध्यक्ष गुरुङले बताए।

बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार उपलब्ध गराउने पालिकाको तयारी रहेको उनले जानकारी दिए। पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भन्ने उद्देश्यले कृषकको प्रोत्साहनका लागि पालिकाले अभियान सुरु गरेको उनले बताए गाउँपालिकामा तीन हजार भन्दाबढी कृषि र पशुपालनका फार्म दर्ता भएका छन्। रासस


प्रकाशित : आइतबार, माघ २१ २०८०१८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend