बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

बैंकहरूमा आउने निक्षेप बढ्न थाल्यो, कर्जाको माग उस्तै

images
सोमबार, मंसिर २० २०७८
images
images
बैंकहरूमा आउने निक्षेप बढ्न थाल्यो, कर्जाको माग उस्तै
images
images

काठमाडौं- वाणिज्य बैंकहरूमा पछिल्लो सातादेखि निक्षेप बढ्न थालेको छ। केही महिनादेखि ओरालो लागेको निक्षेप मंसिर १० देखि १७ सम्मको तथ्यांकमा भने केही सुधार देखिएको हो।

images
images

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकमा निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ भने कर्जाको माग १४ अर्ब रुपैयाँ रहेको छ। निक्षेपमा केही सुधार देखिए पनि कर्जाको माग भने दोबर नै बढेको छ।

images
images

गत साता भने कर्जाको माग १४ अर्ब रुपैयाँले बढ्दा निक्षेप ६ अर्ब रुपैयाँले घटेको थियो।

images
images
images

हाल ४२ खर्ब १९ अर्ब रुपैयाँ रहेको निक्षेप ७ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। कर्जाको माग १४ अर्ब रुपैयाँले बढेपछि कर्जा प्रवाह ४० खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा कर्जा प्रवाह ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

bannk.PNG

 


प्रकाशित : सोमबार, मंसिर २० २०७८०८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend