शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

पूर्वीनाका काँकडभिट्टाबाट ३ अर्ब ६९ करोडको कृषिजन्य वस्तु निर्यात, सबैभन्दा बढी चिया, अलैँची र अम्लिसो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २१ २०८०
images
images
पूर्वीनाका काँकडभिट्टाबाट ३ अर्ब ६९ करोडको कृषिजन्य वस्तु निर्यात, सबैभन्दा बढी चिया, अलैँची र अम्लिसो

सबैभन्दा बढी १ अर्ब ६६ करोड ८ लाख मूल्य बराबरको २ हजार ७ सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ। अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ।

images
images

झापा- पूर्वीनाका काँकडभिट्टा हुँदै ३ अर्ब ६९ करोड ५ लाख १२ हजार रुपैयाँ बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ।

images
images
images

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो।

images

यस अवधिमा सबैभन्दा बढी १ अर्ब ६६ करोड ८ लाख मूल्य बराबरको २ हजार ७ सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ। अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ।

images
images
images

कार्यालयको तथ्यांकअनुसार ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची, ५३ करोड १२ लाख ६५ हजार मूल्य बराबरको १५ हजार एक सय ७९ मेट्रिक टन प्लाइउड, ३० करोड ४६ लाख ४० हजार मूल्यको दुई हजार तीन सय ८० मेट्रिक टन अदुवा र १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको एक हजार एक सय ५१ मेट्रिक टन अम्लिसो भारततर्फ निर्यात भएको छ 

तरकारी वस्तुमा बन्दा कोभी र मूला भारत निर्यात हुने गरेको छ भने मसुरो दालसमेत उल्लेख्य मात्रामा निर्यात भएको छ।

उक्त तीन महिनाको अवधिमा एक करोड ७२ लाख ६२ हजार मूल्य बराबरको एक सय २६ मेट्रिक टन मसुरो दाल, २० लाख ४८ हजार मूल्य बराबरको एक सय २८ मेट्रिक टन बन्दाकोभी र २९ हजार मूल्य बराबरको करिब दुई मेट्रिक टन मूला भारत निर्यात भएको कार्यालयले जनाएको छ।

निर्यात बस्तुमा जडीबुटीतर्फ चिराइतो, पीपला, अमला, मजिठो, सुगन्ध कोकिल, धूपी, पदमचाल र चुत्रो रहेको छ। यीमध्ये चिराइतो सबैभन्दा बढी मात्रा र मूल्यमा निर्यात हुने गरेको छ। 

कार्यालयका अनुसार दोस्रो त्रैमासिक अवधिमा ९४ लाख मूल्य बराबरको ४७ मेट्रिक टन चिराइतो, एक लाख छ हजार मूल्य बराबरको एक मेट्रिक टन पीपला, दुई लाख ९५ हजार मूल्य बराबरको अढाई मेट्रिक टन अमला, दुई लाख ५० हजार मूल्य बराबरको दुई मेट्रिक टन मजिठो, एक लाख ९८ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुगन्ध कोकिल, तीन लाख ५० हजार मूल्य बराबरको १० मेट्रिक टन धूपी, छ लाख ९० हजार मूल्य बराबरको छ मेट्रिक टन पदमचाल र ३९ हजार मूल्य बराबरको एक मेट्रिक टन चुत्रो निर्यात भएको छ।

आव २०८०/८१ को प्रथम त्रैमासिक अवधि साउन, भदौ र असोज महिनामा तरकारी, जडीबुटी, प्लाइडका सामान, अम्रिसोलगायत कुल  पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत मुलुकमा निर्यात भएको थियो। रासस


प्रकाशित : आइतबार, माघ २१ २०८०१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend