मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

अझै तीन वर्ष चिनियाँ अर्थतन्त्रको विस्तार धिमा हुने, बाँकी विश्वलाई थपिँदै दबाब

images
आइतबार, माघ २१ २०८०
images
अझै तीन वर्ष चिनियाँ अर्थतन्त्रको विस्तार धिमा हुने, बाँकी विश्वलाई थपिँदै दबाब

यसका बाबजुद पनि विश्वको आर्थिक वृद्धिदरमा चिनियाँ योगदान बलियो हुने कोषको अनुमान छ।

images
images

काठमाडौं- औद्योगिक उत्पादनको प्रतिफलमा देखिएको सुधारले चिनियाँ अर्थतन्त्र विस्तारको रफ्तार तीव्र हुने आशमा बसेकाहरूलाई झट्का दिनेगरी अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। 

images
images
images

मुद्रा कोषले चिनियाँ अर्थतन्त्र अझै तीन वर्ष धिमा हुने प्रक्षेपण गरेको छ। यसले बाँकी विश्वमा झन चिन्ता थपिएको छ। संसारकै उत्पादन काराखाना बनिरहेको चिनियाँ अर्थतन्त्रको धिमा विस्तारले बाँकी विश्वको उत्पादन प्रभावित हुने भएकाले चिन्ता बढेको हो। 

images
images

मुद्रा कोषले चिनियाँ अर्थतन्त्रको विस्तार सन् २०२६ सम्मै धिमा हुने प्रक्षेपण गरेको छ। पछिल्ला केही वर्षदेखि चिनियाँ अर्थतन्त्र निरन्तर साँघुरिँदै आएको छ।

images
images

सन् २०२१ मा ८.४ प्रतिशतले वृद्धि भएको चिनियाँ कूल गार्हस्थ उत्पादन सन् २०२२ मा ५.६ प्रतिशतमा सीमित भएको थियो।

त्यस्तै सन् २०२३ मा ५.२ प्रतिशतले वृद्धि भएको अनुमान गरेको कोषले सन् २०२४ मा घटेर ४.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। 

सन् २०२६ मा ४.९ प्रतिशतले विस्तार हुने कोषले प्रक्षेपण गरेको छ। जीडीपीको आकार बढ्दै जाँदा वृद्धिदर धिमा हुने स्वभाविक भएपनि पछिल्ला केही वर्षदेखि चिनियाँ अर्थतन्त्रमा अस्वभाविक गिरावट देखिएको छ। 

चिनियाँ जनसंख्या समीकरणमा देखिएको परिवर्तनका कारणले बढ्दो बुढ्यौली संख्या, घट्दो श्रम शक्ति र न्यून उत्पादकत्व वृद्धिले गर्दा चिनियाँ अर्थतन्त्रको विस्तार कमजोर हुँदै गएको कोषले विश्लेषण गरेको छ। 

यसका बाबजुद पनि विश्वको आर्थिक वृद्धिदरमा चिनियाँ योगदान बलियो हुने कोषको अनुमान छ। 

चिनियाँ अर्थतन्त्रको सुस्तताकै कारणले गर्दा बाँकी विश्वलाई चिन्तामा पार्नुको मुख्य कारण चीनसँग जोडिएका अरु देश हुन्।

न्यून लागतमा उत्पादन गर्दै आएको चीनको विस्तारले विश्वभरका उपभोक्ता लभान्वित हुँदै आएका छन्। तर चिनियाँ उत्पादनमा अपेक्षित विस्तार नहुँदा संसारकै मूल्यवृद्धिमा दबाब पर्ने देखिएको छ। 

त्यस्तै अर्को असर भनेको पर्यटनमा हो। कोभिडले थला परेको चीनको आन्तरिक पर्यटन पुनरुत्थान भइसकेको छ। अर्थात् आन्तरिक रुपमा चिनियाँको घुमफिर सामान्य भइसकेको छ तर विदेशमा जाने चिनियाँको संख्या भने अझै न्यून छ।

संसारकै पर्यटन बजारमा मुख्य योगदान दिने चीनको यो पक्ष अझै कमजोर छ। यसका कारणले गर्दा चिनियाँ पर्यटक धेरै जाने देशको व्यवसाय प्रत्यक्ष प्रभावित भएको छ।


प्रकाशित : आइतबार, माघ २१ २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend