काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको आइतबार बसेको बैठकले सेयरधनीहरूलाई २६.३१५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये २५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनसहित १.३१५७ प्रतिशत नगद लाभांश रहेको छ।
हाल लघुवित्तको चुक्तापुँजी ११ करोड ८३ लाख २४ हजार ८०० रहेको छ। लाभांश वितरण पश्चात चुक्ता पुँजी १४ करोड ७७ लाख पुग्नेछ।