शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा, भुपाल बराललाई नयाँ जिम्मेवारी

images
शनिबार, माघ २० २०८०
images
images
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा, भुपाल बराललाई नयाँ जिम्मेवारी
images
images

काठमाडौं- सरकारले दीर्घराज मैनालीलाई आन्तरिक राजस्व विभागको जिम्मेवारीबाट हटाएको छ। मैनालीलाई हटाएसँगै अर्थ मन्त्रालयले विभागको जिम्मेवारी भुपाल बराललाई दिएको छ।

images
images
images

यसअघि बराल अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन तथा समन्वयन महाशाखा प्रमुख थिए। मैनालीले बैंक वित्तीय संस्थाहरुको एफपीओ तथा मर्जर एक्विजिसन कर आर्थिक ऐनमा समावेश गरेर असुली गर्न सफल भएका थिए।

images

यस्तै व्यवसायीकरुपमा करोबार भइरहेको सेयर बजार र घरजग्गामा संस्थागत आयकर लगाउन उनी सफल भएका थिए। चालु आर्थिक वर्षको आर्थिक ऐन मार्फत उनले केही नयाँ कर ल्याउन, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त: शुल्क छुटको सूची हटाउन सफल भएका थिए।

images
images
images

मैनालीलाई जनार्दन शर्माले आन्तरिक राजस्व विभागको जिम्मेवारी दिएका थिए। मैनालीअघि विभागमा रितेश शाक्य महानिर्देशक थिए।

यता बरालले विभागको जिम्मेवारी हालको समयमा चुनौतीपूर्ण रहेको बताएका छन्। अर्थतन्त्र संकुचित अवस्थामा रहेकाले निजी क्षेत्रको मनोबल बढाउँदै लक्ष्यनुसार राजस्व संकलन गर्नेतर्फ आफ्नो ध्यान उनले बताए। 

'अर्थतन्त्रमा थुप्रै जटिलताहरु छन्। यस्तो अवस्थामा विभागको जिम्मेवारी पाउनु चुनौतीपूर्ण छ। व्यावसायिक मनोबल बढाउँदै लक्ष्यनुसार राजस्व संकलन गर्नेतर्फ मेरो ध्यान रहनेछ', बरालले भने।

बरालले सम्हाल्दै आएको महाशाखाको जिम्मेवारी मैनालीलाई दिएको अर्थ मन्त्रालयले जनाएको छ।

यस्तै, त्रिभुवन विमानस्थलका भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेलाई मन्त्रालय तानिएको छ। उनलाई प्रशासन महाशाखाको जिम्मेवारी दिएको छ।

यता भन्सार विभागका उपमहानिर्देशक सेमन्त पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। पोखरेलको स्थानमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक पाण्डेलाई पठाइएको छ।

यसअघि प्रशासन महाशाखामा रहेका महेश आचार्यलाई नीति विश्लेषण महाशाखाको जिम्मेवारी तोकिएको छ। बाबुराम सुवेदी सेवा निवृत्त भएपछि नीति विश्लेषण महाशाखामा आचार्यको सुरुवा गरिएको हो।


प्रकाशित : शनिबार, माघ २० २०८००८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend