काठमाडौं- घुस रकमसहित पक्राउ परेका नेपाल सरकारका उपसचिव प्रमोद नेपाल विशेष अदालतबाट दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीस टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको सजाया सुनाएको छ। यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको गाडीबाट नगदसहित पक्राउ गरेको थियो।