शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

अन्तर्राष्ट्रिय होटल चेनका प्रतिनिधि काठमाडौंमा, रोयल्टीसम्बन्धी व्यवस्था संशोधन गर्न माग

images
शुक्रबार, माघ १९ २०८०
images
images
अन्तर्राष्ट्रिय होटल चेनका प्रतिनिधि काठमाडौंमा, रोयल्टीसम्बन्धी व्यवस्था संशोधन गर्न माग

म्यारियट, वान्धदम होटल, ह्यात, र्‍याडिसनका प्रतिनिधिले अर्थमन्त्रीसँग भेट गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाइ यातायात समितिका अध्यक्ष देशबन्धु बस्नेतले भेटको संयोजन गरेका थिए।

images
images

काठमाडौं- नेपालमा समेत उपस्थिति रहेका बहुराष्ट्रिय होटल चेनका प्रतिनिधिहरू काठमाडौं आएका छन्। नेपालमा व्यवस्थापन तथा चेन सञ्चालन गरिरहेका होटलका प्रतिनिधिले नेपाल सरकारका उच्च पदाधिकारीसँग भेट गरेका छन्। 

images
images
images

नेपाल सरकारले कानूनमा गरेको व्यवस्था र त्यसको कार्यान्वयको विषयले आफ्नो व्यवसाय प्रभावित भएको गुनासो बोकेर उनीहरू नेपाल आएका हुन्।

images

प्रविधि हस्तान्तरणबापतको रोयल्टी लिन पाउनेसम्बन्धी व्यवस्था कानूनमा रहेको र त्यसले गर्दा नेपालको सञ्चालन नै समस्यामा पर्ने भन्दै उनीहरूले अर्थमन्त्री लगायतका सरकारी पदाधिकारीसँग भेट गरेका छन्। 

images
images
images

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले रोयल्टीसम्बन्धमा गरेको व्यवस्थाले नेपालमा होटल चेनको सेवा विस्तार गरेका कम्पनीका लागि लाभ लिन कठीन भएको छ। यसअघि सम्झौताअनुसार लाभांश लिइरहेका उनीहरूका लागि ऐनले ५ प्रतिशतले क्याप लगाइदिएको छ। 

ऐनको दफा दफा २० उपदफा २ को ‘घ’ मा प्रविधि हस्तान्तान्तरणको लाभांश फिर्ता लिनेसम्बन्धी व्यवस्था रहेको छ। पूरै मदिरा निकासी गर्नेबाहेक अरु मदिराजन्य उद्योगको हकमा कुल बिक्री मूल्यको ५ प्रतिशतभन्दा बढी रोयल्टी हुन नहुने व्यवस्था गरेको छ। 

यो व्यवस्था अस्पष्ट रहेको र उद्योग विभागले होटललाई पनि मदिराजन्य नै वर्गमा राखेर सिफारिस दिने गरेको भन्दै उनीहरूले वर्गीकरण गर्न माग गरेका छन्। 

म्यारियट, वान्धदम होटल, ह्यात, र्‍याडिसनका प्रतिनिधिले अर्थमन्त्रीसँग भेट गरेका छन्। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाइ यातायात समितिका अध्यक्ष देशबन्धु बस्नेतले भेटको संयोजन गरेका थिए। 

होटल व्यवसाय नेपाली अर्थतन्त्रका लागि महत्वपूर्ण भएको र त्यसका लागि अन्तर्राष्ट्रिय चेनले मुख्य भूमिका खेल्ने कुरा सरकारले बिर्सन नहुने बस्नेतको भनाइ छ। 

‘उहाँहरूले पनि त्यही भन्नुभयो कम्तिमा अहिलेका लागि पाँचभन्दा अलि बढी ७, ८ वा १० प्रतिशतसम्म गरिदिनुपर्छ भन्ने कुरा नै उठेको छ र यहीअनुसार अर्थमन्त्रीसँग उहाँहरूले कुरा राख्नुभएको छ’ उनले भने। 


प्रकाशित : शुक्रबार, माघ १९ २०८०१५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend