आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कैलाली र कञ्चनपुरमा ५ हजार ४ सय ८७ हेक्टर जमिनमा डिप तथा स्यालो ट्युववेलमार्फत सिँचाइ सुविधा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १९ २०८०
images
कैलाली र कञ्चनपुरमा ५ हजार ४ सय ८७ हेक्टर जमिनमा डिप तथा स्यालो ट्युववेलमार्फत सिँचाइ सुविधा

कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा डिप ट्युववेल जडानका लागि अध्ययन भइरहेको छ। एक डिप ट्युववेल जडानका लागि झन्डै ८५ लाख रुपैयाँ खर्च लाग्ने गरेको जनाइएको छ।

images
images

कैलाली- कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युववेलमार्फत ५ हजार ४ सय ८७ हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ। 

images
images
images

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो र प्रदेश संरचनापश्चात् अहिलेसम्म पाँच हजार चार सय ८७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो।

images
images

डिभिजन प्रमुख श्रवण खनालका अनुसार प्रदेश स्थापनापश्चात् कैलाली, कञ्चनपुर र डडेल्धुरामा गरी एक सय ४० डिप ट्युववेल जडान गरिएको छ। यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उनको भनाइ छ।

images
images

जडान गरिएका डिप ट्युववेलमध्ये ९१ चलिरहेका छन् भने अन्य संरचना निर्माणका क्रममा रहेको जनाइएको छ। विशेष गरी कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युववेल जडान भएको उनले बताए।    

गत आर्थिक वर्षसम्म कैलाली र कञ्चनपुरमा एक हजार एक स्यालो ट्युववेल जडान गरिएकामा चालु आवदेखि स्यालो ट्युववेलका लागि बजेट विनियोजन नगरिएको डिभिजन प्रमुख खनालले बताए।

स्यालो ट्युववेल जडानको कार्य स्थानीय तहलाई हस्तान्तरण गरिएकाले डिभिजन कार्यालयले त्यसका लागि बजेट विनियोजन नगरिएको जनाएको छ। स्यालो ट्युववेल जडानका लागि वित्तीय हस्तान्तरणअन्तर्गत १२ लाख रुपैयाँ बजेट स्थानीय तहलाई दिएको डिभिजन प्रमुख खनालले जानकारी दिए।

कैलालीका १३ स्थानीय तहमध्ये गोदावरी नगरपालिकामा सात, गौरीगङ्गा नगरपालिकामा आठ, घोडाघोडी नगरपालिकामा आठ, लम्कीचुहा नगरपालिकामा एक, भजनी नगरपालिकामा तीन, धनगढी उपमहानगरपालिकामा दुई, बर्दगोरिया गाउँपालिकामा चार, कैलारी गाउँपालिकामा एक, जोशीपुरमा गाउँपालिकामा छ डिप ट्युववेल जडान गरिएको जनाइएको छ। अन्य डिप ट्युववेल कञ्चनपुर र डडेल्धुरामा जडान गरिएको जनाइएको छ।

कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा डिप ट्युववेल जडानका लागि अध्ययन भइरहेको सो कार्यालयले जनाएको छ। एक डिप ट्युववेल जडानका लागि झन्डै ८५ लाख रुपैयाँ खर्च लाग्ने गरेको जनाइएको छ।

कैलाली, कञ्चनपुर र डडेल्धुरामा प्रदेश, प्रदेश पूर्वाधार र सङ्घ सशर्त अनुदानबाट डिप ट्युववेलका लागि बजेट विनियोजन हुँदै आएको डिभिजन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, माघ १९ २०८०१३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend