काठमाडौं- सरकारले राइड सेयरिङ सेवालाई कानूनमा पहिचान दिएको छ।
औद्योगिक व्यवसाय ऐनमा राइड सेयरिङ सेवालाई औद्योगिक वर्गीकरणमा समावेश गरेको हो। राजपत्रमा सूचना प्रकाशित गर्दै ऐनको अनुसूचीमा राइडसेयरिङ सेवालाई पनि समावेश गरेको हो।
यो सेवाको परिभाषा भने गरिएको छैन।
ऐनको दफा १७ मा उद्योगको वर्गीकरण सम्बन्धि व्यवस्था रहेको छ। लगानी, क्षमता र उत्पादनको प्रकृति अनुसार उद्योगको वर्गिकरण गरिएको छ। दफा १७ को ‘ज’ मा सेवामूलक उद्योगको व्यवस्था रहेको छ।
यही व्यवस्था अनुसार अनुसूची ८ को ६५ नम्बरमा सेवामूलक उद्योगमा राइड सेयरिङलाई पनि समावेश गरिएको छ। ऐनको दफा ६५ मा सरकारले ऐनको अनुसूची हेरफेर गर्नसक्ने सुविधाकव उपयोग गर्दै राइड सेयरिङलाई उक्त सूचीमा थप गरिएको हो।
राइड सेयरिङ सम्बन्धि उपयुक्त नियमनको व्यवस्था अझै बनिसकेको छैन। प्रादेशिक कानूनमा सम्बोधन गर्न खोजिएपनि संघीय सरकारको कानूमा भने अहिलेसम्म व्यवस्था रहेको छैन।