आइतबार, फागुन ४ गते २०८१    
आइतबार, फागुन ४ २०८१
images
images

बुटवल-नारायणगढ सडकखण्डको म्याद थप गर्न माग

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २० २०७८
images
images
बुटवल-नारायणगढ सडकखण्डको म्याद थप गर्न माग

निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो। अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ सम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको छ।

images
images

बुटवल- बुटवल-नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ। निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न  आग्रह गरेको हो।

images
images
images

दाउन्ने-पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले सो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको जानकारी दिए। त्यहाँ दैनिक ५०० कामदारले काम गरिरहेको र साइट क्लिरियर गर्ने काम भइरहेको छ।

images
images

यद्यपि तोकिएको समयमा पूरा हुने अवस्था नरहेकाले म्याद कति थप्ने, कसरी थप्ने भन्ने विषयमा भने सडकको अवस्थाको अध्ययन भइरहेको उहाँले जानकारी दिए। निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो। अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ सम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको सडक आयोजनाले जनाएको छ।

images
images
images

'निर्माण कम्पनीले ‘२०२४ अगस्टसम्मको म्याद थप गर्न माग गरेकाले जायज हो वा होइन भनेर मूल्याङ्कन भइरहेको र कन्सलटेन्टले यसका बारेमा अवस्था बुझ्न विज्ञको टोलीले अध्ययन गरिरहेको छ' इन्जिनियर शाक्यले भने।

लकडाउनका कारणले काम प्रभावित भएको र त्यसअघि रुख कटानको स्वीकृति र विद्युत्का पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो। यी सबै काम अहिले विस्तारै चलिरहेका छन्। विद्युत् प्राधिकरणले पोल नसारिदिएपछि अहिले निर्माण व्यवसायीले नै पोल सारिरहेको छ। दाउन्नेलगायतका केही ठाउँमा रुख कटान चलिरहेको छ।

निर्माण कम्पनीले ठाउँठाउँमा सडक भाँसिएको, घोडाहा र तुरिया खोलाको पुल भाँचिएका कारणले पनि ढिलाई भएको बताउँदै आएको छ। सम्झौता भएकोभन्दा अतिरिक्त भार परेको भन्दै म्याद थपको माग गरेको निर्माण कम्पनीले जनाएको छ। नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’ का योजना प्रमुख रमेश दीष्टीले निर्माण कार्य जारी रहे पनि सन्तोषजनक प्रगति नदेखिएको बताए। नवलपुर खण्डमा करिब तीन प्रतिशत मात्रै भौतिक प्रगति भएको उहाँले जानकारी दिए। सो खण्डमा पनि रुख कटानमा स्वीकृति नपाउँदा र विद्युत् पोल सार्न ढिलाइ भएका कारणले सडक विस्तारको काम प्रभावित भएको छ।

उत्तरतर्फको रुख कटानमा अनुमति पाएर धेरै रुख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रुख कटानमा समस्या आएको थियो। मन्त्रिपरिषद्ले रुख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रुखसमेत काट्ने भएको छ। आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्ट ट्रयाक सडकले जोड्ने गरी सडक विस्तार आयोजना सुरु भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेलामा विसं २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तार कामको शिलान्यास भएको थियो।

यो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो। कूल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ अर्थात् दाउन्ने पश्चिम मानेर दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ।

सो सडक चार लेनमा विस्तार हुनेछ भने सहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ। यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो। रासस


प्रकाशित : सोमबार, मंसिर २० २०७८०५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend