सोमबार, वैशाख २४ गते २०८१    
images
images

हुन्डाई एक्सटरको बुकिङ खुला, चाँडै डेलिभरी सुरु हुने

images
images
images
हुन्डाई एक्सटरको बुकिङ खुला, चाँडै डेलिभरी सुरु हुने

६ कलर अप्सनमा आउने एक्सटर नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ, जसको मूल्य क्रमश: ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रूपैयाँ हुनेछ।

images
images

काठमाडौं- हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित एसयूभी एक्सटरको बुकिङ आजदेखि खुला गरेको छ। गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो।

images
images
images

हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी हो जुन हुन्डाई भेन्युभन्दा अघि रहने छ। आकर्षक बनोट र विभिन्न फिचरले एक्सटरलाई एक विशेष एसयूभी बनाएको छ।  

images

गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयरको विजेतासमेत बनेको छ। एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरलगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।

images

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ। सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट-इन -सेग्मेन्ट’ फिचर दिइएको हो। हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ। यसैगरी यसमा शार्क-फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस-इनेवल्ड सनरुफ र वायरलेस चार्जरलगायत अरु सेफ्टी, कन्भिनेन्ट र कम्फर्टका फिचरलाई विशेष ध्यान दिएर बनाइएको छ।

images
images

यसमा १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले गर्दा नेपाल को विभिन्न बाटोहरुमा सहज यात्रा गर्ने आत्मविश्वास दिलाउँछ। हील एसिस्ट कन्ट्रोल र भेइकल स्ट्याबिलिटी म्यानेजमेन्टजस्ता ‘फर्स्ट-इन-सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ। ६ कलर अप्सनमा आउने एक्सटर नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ, जसको मूल्य क्रमश: ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रूपैयाँ हुनेछ। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ प्लस चार्जिङ पोइन्टहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्ने र यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ।

images

प्रकाशित : बिहीबार , माघ १८ २०८००६:०३

प्रतिक्रिया दिनुहोस