काठमाडौं- सरकारले व्यापार सहजीकरण सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो।
निजी क्षेत्रको प्रतिनिधि हुने गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतमा समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।