शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

राजस्व प्रशासनमा सीएलाई प्रवेश गराउन सरकार सकारात्मक

images
बिहीबार , माघ १८ २०८०
images
images
राजस्व प्रशासनमा सीएलाई प्रवेश गराउन सरकार सकारात्मक

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन्।

images
images

काठमाडौं-  राजस्व प्रशासनमा आधुनिक लेखाशास्त्र बुझेका जनशक्तिलाई प्रवेश गराउन सरकार सकारात्मक देखिएको छ। 

images
images
images

कर प्रशासनमा लेखा बुझेकाहरू नहुँदा कर योजना तथा चोरी पकड्न नसकिएको अधिकारीहरूले बताउँदै आएका छन्। तरल कर्मचारी संयन्त्र तथा प्रविधि नबुझेको पराम्पारगत संयन्त्र हुँदा कर छलीको अनुसन्धान प्रभावकारी नभएको गुनासो अधिकारीहरूले गर्दै आएका छन्। 

images

पछिल्लो समय सरकारले नै गठन गरेका विभिन्न समितिले कर प्रशासनलाई सक्षम बनाउनका लागि जनशक्तको संरचनामा पनि फेरबदल गर्नुपर्ने सुझाव दिँदै आएका छन्। 

images
images
images

अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन्। 

चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सीएहरूलाई राजस्व प्रशासनमा प्रवेश गराउन सकारात्मक भएको बताएका छन्। 

उहाँले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउदै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए। 

‘प्रतिज्ञा गरेको कुरा सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टडमा ठिक हुने बित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टड एकाउण्टेनहरुलाई प्रवेश गराउनुपर्छ । त्यसले धेरै सुधार हुन्छ भन्नुभएको छ । त्यसलाई म गम्भीरताका साथ लिन्छु’ उनले भने। 

 


प्रकाशित : बिहीबार , माघ १८ २०८०१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend