काठमाडौं- माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१३ का प्रकाश गुरुङ पक्राउ परेका छन्।
गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइ प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रुपैयाँ तलबमा काम लगाइदिने भन्दै ठगेका हुन्।
उनले पटकपटक गरी उक्त रकम ठगी गरेको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।