शनिबार, असोज ५ गते २०८१    
images
images

इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले माग्यो १ सय २२ करार कर्मचारी

images
आइतबार, मंसिर १९ २०७८
images
images
इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले माग्यो १ सय २२ करार कर्मचारी

विभागले दर्ता सहायक २५ जना, इनरोलमेन्ट अपरेटर ३५ जना, स्टोर किपर ९ जना, मेकानिक ४६ जना र रनर ७ जना माग गरेको हो।

images
images

काठमाडौं- यातायात व्यवस्था विभागले देशभरका विभिन्न यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवश्यक कर्मचारी माग गरेको छ। विभागले आइतबार सूचना जारी गरि १ सय २२ जना करारका कर्मचारी माग गरेको हो। 

images
images
images

विभागले दर्ता सहायक २५ जना, इनरोलमेन्ट अपरेटर ३५ जना, स्टोर किपर ९ जना, मेकानिक ४६ जना र रनर ७ जना माग गरेको हो। विभागका अनुसारी यी कर्मचारीले विर्तामोड, इटहरी, लाहन, जनकपुर, बर्दिवास, वीरगञ्ज, हेटौंडा, भरतपुर, काठमाडौं, ललितपुर, कावासोती-नवलपुर, पोखरा, बाग्लुृङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र अन्य विभागले तोकेका यातायात व्यवस्था कार्यालय वा सवारी परीक्षण कार्यालयमा खटाउने जनाएको छ। 

उनीहरुको सेवा अवधि सम्झौता मितिबाट १५ दिनभित्र सुरु भइ २०७९ असार मसान्तसम्म रहने छ भने विभागले आवश्यकता र स्रोत सुनिश्चितताका आधारमा अवधि थप गर्न सकिने जनाएको छ। 


प्रकाशित : आइतबार, मंसिर १९ २०७८११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend