शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

नेपालको सीमा क्षेत्रमा कडाइ तथा व्यवस्थित गर्न गृहमन्त्रीलाई नाडाको आग्रह

images
बुधबार, माघ १७ २०८०
images
images
नेपालको सीमा क्षेत्रमा कडाइ तथा व्यवस्थित गर्न गृहमन्त्रीलाई नाडाको आग्रह

यसबारेमा भारतीय मालबाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्थाका लागि नाडाले आग्रह गरेको छ।

images
images

काठमाडौं- नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ। 

images
images
images

मंगलबार भएको भेटघाट तथा छलफलमा नाडा अध्यक्ष चौधरीले नेपालमा मालबाहक इन्डियन ट्रक निर्वाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाले नेपालको मालबाहक सवारी साधनहरुको बिक्री र त्यसको व्यवसायमा गम्भीर असर परेको जनाएको छ। 

images

यसबारेमा भारतीय मालबाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्थाका लागि नाडाले आग्रह गरेको छ। 

images
images
images

छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपाल भारतबीच खुल्ला सीमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुब्रिकेन्ट, टायर तथा अटोमोबाइल स्पेयर पार्टसको आयात हुँदै आएको बताए। यसले एकातर्फ नेपालका लुब्रिकेन्ट र टायरट्यूव उद्योगहरुलाई गम्भीर असर परिरहेको छ भने अर्कोतर्फ ती वस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफनो व्यवसायमा टिकी रहन ज्यादै कठीन हुँदै गइरहेको उनको भनाइ थियो। 

नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित गर्नुपर्ने देखिएको भन्दै यस्तो हुन सकेमा देशले गुमाई रहेको ठूलो राजस्व पनि प्राप्त हुने भएकाले यसतर्फ आवश्यक पहलका लागि नाडाले गृहमन्त्रीलाई अनुरोध गरेको छ। सो छलफलका क्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुले नाकामा हुने गरेका विभिन्न समस्याहरु बारे जानकारी गराएका थिए। 

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पुर्‍याइएको र सीमा नाकामा भइरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताएका थिए।

उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य ऋद्धि कार्की र नारायणप्रसाद पौडेल तथा एशोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो। 


प्रकाशित : बुधबार, माघ १७ २०८०१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend