सोमबार, वैशाख १७ गते २०८१    
images
images

मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल

images
images
images
मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल

चार वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ।

images
images

म्याग्दी- म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको छ।  

images
images
images

पर्वतको जलजला गाउँपालिका-४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुंगा जोड्ने २२ किलोमिटर दुरीको प्रसारण लाइन र रातोढुंगामा ३३/११ केभी क्षमताको सबस्टेसनको परीक्षण गरिएको हो। निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको जानकारी दिए।

images

'नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ', उनले भने, 'सबस्टेसन वरपरका जग्गाधनीको विवादका कारण सबस्टेसन चार्ज र सञ्चालन गर्न समस्या भएको छ।'

images

वितरण लाइनमा जोड्ने वातावरण भएमा एकै दिनमा सञ्चालन गर्न सकिने लुइँटेलले बताए। गत पुस २९ गतेदेखि परीक्षण सुरु गरिएको थियो। रातोढुंगामा रहेको सबस्टेसन नजिकैका जग्गाधनीले ३३/११ केभी क्षमताको प्रसारण लाइनको पाँचवटा टावर सार्न माग गर्दै तातोपानी र दरवाङतर्फ जाने ११ केभी क्षमताको वितरण लाइनमा जोड्न नदिएका हुन्।

images
images

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजना, निर्माण व्यवसायी र प्रभावित जग्गाधनीसँग छलफल गरेर सबस्टेसन चार्ज र प्रसारण लाइन सञ्चालन गर्न पहल गरेको बताए।

नेपाल विद्युत् प्राधिकरणमार्फत एटुजेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो। सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो। पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सुरु भएको थियो। 

चार वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारीलगायतले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काउन पहल गरेको थियो। पछिल्लो विवाद समाधानका लागि विद्युत् प्राधिकरण, आयोजना, प्रशासन र गाउँपालिकासँग सहजीकरण गरेको मन्त्री जुग्जालीले बताए।

रातोढुंगा सबस्टेसन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धवलागिरी, मालिका र मंगला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए। 'हाल मिलनचोक सबस्टेसनबाट चारवटा फिडरबाट लामो दुरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ', उनले भने, 'बीस किलोमिटर दुरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या हट्नेछ्।' रासस

images

प्रकाशित : बुधबार, माघ १७ २०८०१०:५१

प्रतिक्रिया दिनुहोस