शनिबार, जेठ ५ गते २०८१    
images
images

भाटभटेनीले नक्कली भ्याटबिलबाट करछली गरेको पूर्ण इजलासको ठहर

images
मंगलबार, माघ १६ २०८०
images
images
भाटभटेनीले नक्कली भ्याटबिलबाट करछली गरेको पूर्ण इजलासको ठहर

२०६४ सालदेखि लगातार चार वर्षमा भाटभटेनीले नक्कली भ्याट बिलको प्रयोगबाट कर छली गरेको आन्तरिक राजस्व विभागको अनुसन्धानबाट पाइएको थियो।

images
images

काठमाडौं-  चरणवद्ध न्यायिक प्रक्रिया पार गर्दै चार वर्षअघि नै नक्कली भ्याटबिल प्रयोगबाट करछली गरेको सर्वोच्चबाटै ठहर भएपनि फेरि पुनरावलोकनमा गएको भाटभटेनी सुपरमार्केटको विपक्षमा हुनेगरी पूर्ण इजलासले पुरानो फैसला सदर गरेको छ। 

images
images
images

न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले पछिल्लो चार दिनदेखि गरेको निरन्तरको सुनुवाइबाट यसअघिकै फैसला सदर गरेको हो। 

images

२०७६ सालमै अदालतले भाटभटेनीले चार आर्थिक वर्षमा नक्कली भ्याटबिल प्रयोग गरेर आयकर तथा मूल्यअभिवृद्धि कर छली गरेको ठहर गरेको थियो। अदातलतले भाटभटेनीसहितका अरु कम्पनीलाई पनि दोषी ठहर गरेको थियो। त्यसपछि भाटभटेनी सर्वोच्चमै पुनरावलोकन गरेको थियो। 

images
images

विस २०६४ सालदेखि लगातार चार वर्षमा भाटभटेनीले नक्कली भ्याट बिलको प्रयोगबाट करछली गरेको आन्तरिक राजस्व विभागको अनुसन्धानबाट पाइएको थियो। त्यसपछि २०६७ सालमा ठूला करदाता कार्यालयले २०६७ सालमा भाटभटेनीमाथिमात्र २२ करोड ६७ लाख कर निर्धारण गरेको थियो। 

images
images

राजस्व न्यायाधीकरणले ठूलाकरदाताकै निर्णयलाई सदर गरिदिएको थियो। न्यायाधीकरणको फैसालाविरुद्ध भाटभटेनीसहितका केही कम्पनी फेरि सर्वोच्चको अनुमतिमा पुनरावेदमा गएका थिए। 

सर्वोच्चले २०७६ पुस २७ गते नै भाटभटेनीसहितका पाँच कम्पनीलाई दोषी ठहर गरेको थियो। त्यसकाविरुद्ध पुनरावलोकनमा भाटभ‌टेनी गएको थियो। अहिले फेरि सर्वोच्चको पूर्ण इजलासले पहिलेकै फैसलालाई सदर गरिदिएको छ। 


प्रकाशित : मंगलबार, माघ १६ २०८००५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend