शनिबार, असोज ५ गते २०८१    
images
images

स्रोत नखुलेको ६९ लाखसहित एकजना पक्राउ

images
आइतबार, मंसिर १९ २०७८
images
images
स्रोत नखुलेको ६९ लाखसहित एकजना पक्राउ

पक्राउ परेका खनालसँग प्रहरीले एक हजार दरका १ सय वटा भएको ४९ बण्डल, ५ सय दरको १ सय वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ।

images
images

काठमाडौं- प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो। 

images
images
images

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो।  

पक्राउ परेका खनालसँग प्रहरीले एक हजार दरका १ सय वटा भएको ४९ बण्डल, ५ सय दरको १ सय वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ। पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ। 


प्रकाशित : आइतबार, मंसिर १९ २०७८१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend