शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

संस्थागत क्षमता स्वमूल्यांकनमा मनाङको चामे जिल्लामै उत्कृष्ट

images
मंगलबार, माघ १६ २०८०
images
images
संस्थागत क्षमता स्वमूल्यांकनमा मनाङको चामे जिल्लामै उत्कृष्ट

पालिकाले १० मुख्य सूचकका आधारमा आर्थिक वर्ष २०७९/८० मा गरेका कामको आफैले मूल्यांकन गरेका हुन्। त्यसमा चामेले जिल्लामै सबैभन्दा बढी ६७ दशमलव पाँच अंक प्राप्त गरेको छ।

images
images

मनाङ- हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामै उत्कृष्ट नतिजा पाएको छ। स्थानीय तहले गत आर्थिक वर्ष २०७९/८० मा गरेका कामको १० वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा चामे उत्कृष्ट ठहरिएको छ।

images
images
images

जिल्लाका चार पालिकामध्ये चामेले सबैभन्दा बढी अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ। पालिकाले १० मुख्य सूचकका आधारमा आर्थिक वर्ष २०७९/८० मा गरेका कामको आफैले मूल्यांकन गरेका हुन्।

images

त्यसमा चामेले जिल्लामै सबैभन्दा बढी ६७ दशमलव पाँच अंक प्राप्त गरेको छ। आव २०७८/७९ मा भने सो पालिकाले ६२ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेको थियो। चार गाउँपालिका रहेको मनाङका दुई स्थानीय तह मनाङ ङिस्याङ र नार्पाभूभि गाउँपालिकाले भने ५८ दशमलव पाँच समान अंक प्राप्त गरेको तथ्यांकमा उल्लेख छ। 

images
images
images

यसैगरी, नासों गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५४ दशमलव पाँच अंक प्राप्त गरेको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ अनुसार स्वमूल्यांकनको काम प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र गरिसक्नुपर्ने प्रावधान निर्धारण गरिएको छ। पालिकाको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरणजस्ता सूचकलाई मूल्यांकनको आधार बनाइएको छ।

सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्यांकन गरेका हुन्। यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, माघ १६ २०८०१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend