शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

खारेज भएको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको लिलामीपछि पुनः थालियो निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १६ २०८०
images
images
खारेज भएको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको लिलामीपछि पुनः थालियो निर्माण

४ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको तीन किलोमिटर सुरुङमध्ये दुई हजार चार सय मिटर सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ।

images
images

सिन्धुपाल्चोक- लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण पुनः सुरु भएको छ।

images
images

२०६७ सालदेखि निर्माण बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएको थियो।

images
images

नेसनल हाइड्रोले बत्ती उत्पादनपश्चात् सरकारलाई ६२ करोड रुपैयाँ तिर्ने गरी आयोजना सकारेपछि निर्माणको काम थालिएको हो।

images
images

४ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको तीन किलोमिटर सुरुङमध्ये दुई हजार चार सय मिटर सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ।

विसं २०८२ सालभित्र निर्माण सम्पन्न गरी उत्पादन गर्ने लक्ष्य लिएर सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सुरुङमा विस्फोटक पदार्थ पड्काएर कामको पुनः सुरुवात गरिएको नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले जानकारी दिए।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निमाणका लागि स्थानीय तहले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तत्पर रहेको जनाउँदै सहज ढंगले आयोजनाको काम सम्पन्न गर्न सहकार्य गर्ने बताए। 

यस्तै उपप्रमुख उमा प्रधानले आयोजनाले स्थानीयको जीवन स्तरमा सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने र राजगारीको अवसर सृजना हुँदा युवा विदेशिने क्रमलाई केही हदसम्म रोक्ने बताए।

आयोजनाबाट मेलम्ची नगरपालिका-७, ८, ९, १० र ११ का प्रत्यक्ष प्रभावित हुने कम्पनीले जनाएको छ।

जलविद्युत् आयोजना निर्माणका लागि प्रतिमेगावाट २५ करोड खर्च अनुमान गरेको कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छ। रासस


प्रकाशित : मंगलबार, माघ १६ २०८०११:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend