शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १६ २०८०
images
images
अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

'प्रारम्भिक अनुसन्धानमा फ्रान्स, स्पेन, युक्रेनलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको पनि खुल्न आएको छ'

images
images

काठमाडौं- अजरबैजान पठाइदिने भन्दै ३३ लाख २ हजार रुपैयाँ ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका-४ बस्ने ३३ वर्षीय रामशरण शिवाकोटी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन्। 

images

शिवाकोटीले मिराकल कन्सलटेन्सी खोली युनिसा आलेमगरलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने पटकपटक गरी १६ लाख ५० हजार, राजन प्रसाईंसहित तीन जनाबाट १६ लाख ५२ हजार ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

images
images
images

उनलाई आइतबार विहान १० बजेतिर कञ्चनपुरको भिमदत्त नगरपालिका-४ गड्डाचौकीबाट पक्राउ गरी आज सार्वजनिक गरिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

'प्रारम्भिक अनुसन्धानमा सिवाकोटीले फ्रान्स, स्पेन, युक्रेनलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको पनि खुल्न आएको छ' उनले भने।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार नै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ। 


प्रकाशित : मंगलबार, माघ १६ २०८०११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend