सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

१६ करोड खर्चिएर तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै

images
मंगलबार, माघ १६ २०८०
images
१६ करोड खर्चिएर तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै

उक्त खानेपानी आयोजनाबाट एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए।

images
images

धनकुटा- छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्‍याइने भएको छ। जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्‍याइन लागिएको हो।

images
images
images

संघीय सरकारको १६ करोड २३ लाख रूपैयाँको लागतमा तमोर नदीबाट उत्तर-पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी छ। उक्त खानेपानी आयोजनाबाट एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए।

images
images

सातवटा ‘लिफ्टिङ स्टेशन’ र चार वितरण केन्द्र रहेको यस आयोजनाले सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्र, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ। गाउँमा भर्खरै कालोपत्र सडक आइपुगेको र खानेपानीसमेत उपलव्ध हुँदा अब गाउँबाट बसाइँसराइ रोकिने उनको भनाइ छ।

images
images

खानेपानी समस्याका कारण बसाइँसराइले रित्तिन लागेको गाउँमा यस आयोजनाले पुनः मानिस फर्केर आउने आशा पलाएको वडा नं ४ का सचिव शंकर ओझाले जानकारी दिए। विसं २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ। हालसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिए।

योजना अन्तर्गतस ७० किमी पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्यांकी र चारवटा सुरक्षा भवनको काम सकिएको उनले जानकारी दिए। काम गरेको दुई करोड ५० लाख रूपैयाँ रकम निकासा नपाउँदा आफूलाई काम गर्न कठिन भएको उनले गुनासो गरे।

बजेट अभावका कारण ठेक्काको बाँकी रकम आउनेसमेत टुंगो नभएकाले काम रोकिन लागेको उनले जानकारी दिए। 'खानेपानी विभागले बजेटको टुंगो छैन, पैसा नआएसम्म काम नगर्नु भन्ने मौखिक जानकारी गराएको छ', उनले भने।

समयमा बजेट उपलव्ध भए अगामी असार मसान्तसम्म काम सकेर साउन-भदौबाट खानेपानी परीक्षण सुरु गर्ने उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, माघ १६ २०८०१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend