सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

एनसेल प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले भने - खरिदबिक्री गम्भीर छ, थप छानबिन हुन्छ

images
सोमबार, माघ १५ २०८०
images
एनसेल प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले भने - खरिदबिक्री गम्भीर छ, थप छानबिन हुन्छ
images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल सेयर खरिदबिक्रीको विषय एकदमै गम्भीर रहेकाले थप छानबिन गर्ने बताएका छन्। 

images
images
images

उनले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित ५ सदस्सीय छानबिन समितिको प्रतिवेदन बुझ्दै समयमै प्रतिवेदन आएकोमा धन्यवाद दिँदै प्रतिवेदनकाे स्प्रिटअनुसार अगाडि बढ्ने बताएका हुन्।

images
images

प्रधानमन्त्री दाहालले गम्भीर अध्ययन र विश्लेषण गरेर सरकारलाई मद्धत गर्नेगरी प्रतिवेदन आएको विश्वास व्यक्त गरेका छन्। 

images
images

'एनसेलको सेयर खरिदबिक्रीको कुरा एकदमै गम्भीर छ। तपाइँहरूले त्यो गम्भीर्यता बुझेर प्रतिवेदन पेस गर्नुभएको भन्ने विश्वास छ। यस विषयमा धेरैले चासो राख्नुभएको छ,' उनले भने।

उनले प्रतिवेदनले सरकारलाई सही निर्णय गर्न मद्धत पुग्ने बताए। 


प्रकाशित : सोमबार, माघ १५ २०८०२१:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend